डा उपेन्द्र देवकाेटा नरहेको असत्य खबर सोसल मिडियामा भाइरल !
सारांश
- काठमाडाै, २५ जेठ ।
- बाँसबारी स्थित न्युराे अस्पतालमा उपचार गराइरहेका बरिष्ठ न्युराे सर्जन डा उपेन्द्र देबकाेटाकाे निधन भएकाे असत्य खबर सामाजिक सञ्जालमा भाइरल भएको छ ।
- सामाजिक सञ्जालमा एकाएक भाइरल भएको खबर असत्य भएको न्यूरो अस्पताल पुगेका हाम्रा संवाददाताले बताएका छन् ।
काठमाडाै, २५ जेठ । बाँसबारी स्थित न्युराे अस्पतालमा उपचार गराइरहेका बरिष्ठ न्युराे सर्जन डा उपेन्द्र देबकाेटाकाे निधन भएकाे असत्य खबर सामाजिक सञ्जालमा भाइरल भएको छ ।
सामाजिक सञ्जालमा एकाएक भाइरल भएको खबर असत्य भएको न्यूरो अस्पताल पुगेका हाम्रा संवाददाताले बताएका छन् । डाक्टर देवकोटा जिउँदै छन् । राति एकपटक उनको स्वास्थ्य अवस्था निकै गम्भीर भएको अस्पताल स्रोतलाई उल्लेख गर्दै हाम्रा संवाददाताले बताएका छन् ।
सामाजिक सञ्जालमा भने जिउँदा मान्छेलाई श्रद्धान्जली दिन हतार गरिरहेका छन् । देवकोटाकोको अवस्थाको बारेमा सोसल मिडियामा लेखिएका कुरा निकै दुःखद छन् ।
देवकोटालाई बेलायतस्थित किङ्स कलेज हस्पिटलमा पाँच महिना लामो उपचारपछि नेपाल ल्याइएको थियाे।
सोसल मिडियालाई आधार मानेर असावधानीवश यसअघि प्रकाशित समाचारप्रति हामी गम्भीर दुःख व्यक्त गर्दै क्षमा प्रार्थी छौं । -सम्पादक
उनको बाँकी उपचार नेपालमै गराउने इच्छा अनुसार डा. देवकोटालाई गत बैशाख १७ गते नेपाल ल्याइएकाे थियाे ।
अफिसियली पुस्टी हुन बाकी !


प्रतिक्रिया