पुनः मतदानको फाइदा रेणु दाहाललाई ….

Shikharkhabar Shikharkhabar
|
आइतबार, श्रावण २२, २०७४
|
|
३५ पटक हेरिएको
Shares
पुनः मतदानको फाइदा रेणु दाहाललाई ….

सारांश

  • चितवन, साउन २१ – सर्वाधिक चर्चामा रहेको भरतपुर महानगरपालिकाको मेयर पदमा माओवादी केन्द्रकी उम्मेदवार रेणु दाहाल विजयी हुनुभएको छ ।
  • उहाँले  ४३ हजार १२७ मत प्राप्त पाउनुभयो भने नेकपा एमालेका मेयर पदका उम्मेदवार देवीप्रसाद ज्ञवालीले ४२ हजार ९२४ मत प्राप्त गर्नुभयो ।
  • दाहालले ज्ञवालीलाई २ सय ३ मतकाे अन्तरले हराउनुभएको छ ।

चितवन, साउन २१ – सर्वाधिक चर्चामा रहेको भरतपुर महानगरपालिकाको मेयर पदमा माओवादी केन्द्रकी उम्मेदवार रेणु दाहाल विजयी हुनुभएको छ । उहाँले  ४३ हजार १२७ मत प्राप्त पाउनुभयो भने नेकपा एमालेका मेयर पदका उम्मेदवार देवीप्रसाद ज्ञवालीले ४२ हजार ९२४ मत प्राप्त गर्नुभयो । दाहालले ज्ञवालीलाई २ सय ३ मतकाे अन्तरले हराउनुभएको छ ।

उपमेयर पदमा नेपाली कांग्रेसकी पार्वती शाह विजयी हुनुभएको छ । उहाँले ४७ हजार १९७ मत प्राप्त गर्नुभयो भने उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेकी दिव्य शर्मा आचार्यले ३९ हजार ५२५ मत प्राप्त गर्नुभयो । भरतपुर महानगरपालिकाका २९ वडामध्ये १४ वटा वडामा एमाले, १२ वटा वडामा कांग्रेस र ३ वटा वडामा माअोवादी  बिजयी भएको छ ।

भरतपुर महानगरपालिकामा कांग्रेस र माओवादी केन्द्रबीच ताल मेल भएको थियो । जस अनुसार माओवादीलाई मेयर र कांग्रेसलाई उपमेयर पद विभाजन गरिएको थियो । वडाहरुमा भने तालमेल हुन सकेको थिएन ।

दाहाल माओवादी केन्द्रका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालकी छोरी हुनुहुन्छ । भरतपुरमा नेपाली कांग्रेसले एक्लै चुनाव जित्ने अवस्था थियो । यस्तो ठाउँमा मेयर पद नै माओवादीलाई दिएर तालमेल गरेको भन्दै कांग्रेसका मतदाताहरु रुष्ट भएका थिए । माओवादी र कांग्रेसका नेताहरुले संयुक्त अभियान चलाए पनि मतगणना हुँदा कांग्रेसलाई मतदान गरेकाहरुमध्ये धेरैले मेयरमा रेणु दाहाललाई मतदान गरेका थिएनन् ।

पहिलो चरणमा भएको स्थानीय तह चुनाव अन्तर्गत भरतपुरमा वैशाख ३१ गते मतदान भएको थियो । २७ वटा वडाको मतगणना सकिएर १९ नम्बरको गणना भइरहँदा जेठ १४ गते मध्यरातमा गणनामा बसेका माओवादी प्रतिनिधिहरुले मतपत्र च्यातेका थिए । जसका कारण भरतपुर १९ मा शुक्रबार पुनः  मतदान भएको थियो । १९ को च्यातिएपछि गन्न बाँकी २० नम्बर वडाको पनि गणना भएको थिएन । २० नम्बर वडाको मत पनि आइतबार गणना गरिएको हो ।

पुनः मतदान गरे आफ्नो पक्षमा धेरै मतदान गराउन सकिन्छ भन्ने योजनाका साथ माओवादीले मतपत्र च्यातेको एमालेले आरोप लगाउँदै आएको छ ।

पुनः मतदानबाट कांग्रेस–माओवादी गठबन्धन पक्षधर उम्मेदवारलाई फाइदा पुगेको छ । भरतपुर १९ को मतपत्र च्यातिएपछि कांग्रेस–माओवादी गठबन्धनले संयुक्त रुपमा चुनाव प्रचारप्रसार गरेर अभियान नै चलाएका थिए । उनीहरुले केन्द्रीय नेताहरु वडामा लगेर गठबन्धनमा मतदान गर्न आव्हान गरेका थिए ।

पुनः मतदानअघिको अवस्था

कुल २९ वटा वडा रहेको भरतपुरमा २७ वटा वडाका मत गनेर नतिजा घोषणा भएको थियो । जसअनुसार मेयरमा एमालेका ज्ञवाली अगाडि हुनुहुन्थ्यो । उहाँले कुल ४० हजार ९८० र दाहालले ४० हजार १९६ मत ल्याउनुभएको थियो । मत गन्न १९ र २० नम्बर वडा मात्रै बाँकी थिए । वडा नं. १९ मा मेयरमा दाहालले राम्रो मत ल्याउने अपेक्षा थियो । दाहाल ज्ञवालीभन्दा ७८४ मतले पछाडि हुनुहुन्थ्यो ।

१९ को गणना सकिँदा यो अन्तर तीन सयदेखि पाँच सयसम्म भए २० नम्बरको मत गन्दा दाहालले ज्ञवालीलाई जित्ने सम्भावना प्रबल हुन्थ्यो । तर, १९ को मत गन्न थालेपछि गठबन्धनले सोचेअनुरुप मत आएन । मतपत्र च्यातिनुअघि वडा नं. १९ का एक हजार ८०९ मतगणना भएको थियो । जसबाट ज्ञवालीको कुल मत ४१ हजार ६४१ र दाहालको मत ४० हजार ९०८ पुग्यो । दाहाल र ज्ञवालीबीच मतान्तर ७३३ मात्रै रह्यो । यो वडामा मत अनुपातका आधारमा गणना सकिँदा ज्ञवाली दाहालभन्दा ६०० भन्दा बढी मतले अगाडि हुने सम्भावना थियो । यसले गर्दा वडा नंं २० को गणनापछि ज्ञवालीले नै जित्ने बलियो सम्भावना थियो ।

पहिलेको मतदानमा दाहाललाई मत नहालेका कांग्रेस समर्थक मतदातालाई पुनः मतदान हुँदा पक्षमा मतदान गरेका छन् । जसले गर्दा उहाँलाई चुनाव जित्न सहज भयो । पुनः मतदान नभई गणना भएको भए ज्ञवालीले जित्ने पक्का थियो । कतिपयले यस चुनावलाई पुष्पकमल दाहालले सिराहामा निर्वाचन जितेकै शैली भनेका छन् भने कतिपयले प्रचण्डको छोरीलाई जसरी पनि चुनाव जिताउने रवैयाका कारण यो अवस्था सिर्जना भएको बताएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अमेरिकामा ट्रम्पलाई धक्का!
अमेरिकामा ट्रम्पलाई धक्का!
उज्यालो प्रदेशको अँध्यारो गाउँ
उज्यालो प्रदेशको अँध्यारो गाउँ
हस्ताक्षर किर्ते गरिएको भन्दै माओवादी केन्द्रका ३५ सांसदद्धारा नेतृत्वमाथि विद्रोहको चेतावनी, प्रचण्ड ट्वाँ !
हस्ताक्षर किर्ते गरिएको भन्दै माओवादी केन्द्रका ३५ सांसदद्धारा नेतृत्वमाथि विद्रोहको चेतावनी, प्रचण्ड ट्वाँ !
गंगालाल हृदय केन्द्र शैक्षिक प्रतिष्ठान हुनेछ : प्रधानमन्त्री प्रचण्ड
गंगालाल हृदय केन्द्र शैक्षिक प्रतिष्ठान हुनेछ : प्रधानमन्त्री प्रचण्ड
ओढारमा लुकाई राखिएको १६ किलो सुन बरामद
ओढारमा लुकाई राखिएको १६ किलो सुन बरामद
प्रत्यक्ष वैदेशिक लगानीलाई प्रवर्द्धन र संरक्षण हुन्छ, लगानी गर्नुहोस् : उपप्रधानमन्त्री श्रेष्ठ
प्रत्यक्ष वैदेशिक लगानीलाई प्रवर्द्धन र संरक्षण हुन्छ, लगानी गर्नुहोस् : उपप्रधानमन्त्री श्रेष्ठ
७ विश्वविद्यालय अस्तव्यस्त
७ विश्वविद्यालय अस्तव्यस्त
तपार्इलार्इ लाग्छ कि तपार्इ शाहसी हुनुहुन्छ ? पहिले यी २५ शाहसिक तस्विर हेर्नुहाेस
तपार्इलार्इ लाग्छ कि तपार्इ शाहसी हुनुहुन्छ ? पहिले यी २५ शाहसिक तस्विर हेर्नुहाेस
तस्करीको ट्रान्जिट प्वाइन्ट नेपाल, बजार भारत
तस्करीको ट्रान्जिट प्वाइन्ट नेपाल, बजार भारत
मुलुकले पाउँदैछ फागुन २९ मा नयाँ राष्ट्रपति
मुलुकले पाउँदैछ फागुन २९ मा नयाँ राष्ट्रपति

तपाईंले छुटाउनुभयो कि?