सप्तरीमा दुईसय एचआइभी सङ्क्रमित

Shikharkhabar Shikharkhabar
|
आइतबार, आषाढ २२, २०७६
|
|
२५ पटक हेरिएको
Shares
सप्तरीमा दुईसय एचआइभी सङ्क्रमित

सारांश

  • सप्तरी।
  • एचआइभी सङ्क्रमितमाथि समाजको दृष्टिकोण, लाञ्छना र भेदभावलाई समुदायस्तरबाटै न्यूनीकरणका उपाय अवलम्बन गरिनुपर्नेमा जोड दिइएको छ।
  • एचआइभी सङ्क्रमितमाथि हुने लाञ्छना तथा भेदभाव न्यूनीकरणका सम्बन्धमा आज राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा सरोकारवालासँग आयोजित अन्तक्र्रियामा जोड दिइएको हो।

सप्तरी। एचआइभी सङ्क्रमितमाथि समाजको दृष्टिकोण, लाञ्छना र भेदभावलाई समुदायस्तरबाटै न्यूनीकरणका उपाय अवलम्बन गरिनुपर्नेमा जोड दिइएको छ।एचआइभी सङ्क्रमितमाथि हुने लाञ्छना तथा भेदभाव न्यूनीकरणका सम्बन्धमा आज राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा सरोकारवालासँग आयोजित अन्तक्र्रियामा जोड दिइएको हो।स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रको सहयोगमा उक्त अस्पतालद्वारा आयोजित कार्यक्रममा स्थानीय जनप्रतिनिधि, स्वास्थ्य स्वयंसेविका र सरोकारवालालाई सो विषयमा जानकारी दिइएको एचआइभी÷एड्सका परमर्शदाता सुनिता यादवले बताए।सप्तरीमा २१२ एचआइभी सङ्क्रमित रहे पनि लोकलाज र चेतनाको कमीले एचआइभी सङ्क्रमित औषधोपचारका लागि खुलेर अगाडि नआउने गरेको अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा चुमनलाल दासले जानकारी दिए। सुरक्षा कवच अपनाऔँ तर भेदभाव नगराँै भन्दै उहाँले सन् २०२० सम्ममा ९० प्रतिशत सङ्क्रमित पत्ता लगाएर तिनको उपचार गर्ने र ९० प्रतिशत नै जिवाणु कम गर्ने सरकारको नीति रहेको जानकारी दिए।

निर्मलीकरण नगरिएका सिरिञ्ज र ब्लेडको साझा प्रयोगबाट, र्यालबाट, एचआइभी सङ्क्रमितको रगतबाट, शरीरका अङ्ग प्रत्यारोपण, सङ्क्रमित आमाले गर्भधारण गर्दा पनि सजिलै एचआइभी सर्नसक्ने भएकाले जथाभावी यौन सम्पर्कबाट मात्र एचआइभी सर्छ भन्ने सोच हटाउनुपर्ने डा दासले बताए।उक्त अस्पतालका नर्सिङ निरीक्षक लक्ष्मी चौधरीले छुँदैमा, हात मिलाउँदैमा, सँगै बस्दैमा, लुगा साटासाट गर्दैमा एचआइभी नसर्ने भएकाले सङ्क्रमितलाई लाञ्छना लगाई तिरस्कार गर्नुभन्दा सकारात्मक व्यवहारले सहयोग गरेमा उनीहरुको आयु बढाउन सकिने बताए। निःशुल्क औषधोपचारको व्यवस्था भए पनि अस्पतालको तथ्याङ्कअनुसार जिल्लामा एचआइभी सङ्क्रमित १११ जनाले मात्र नियमित स्वास्थ्य परीक्षण र औषधि सेवन गर्दै आएकामा ११ बालबालिका पनि छन्। एचआइभी एड्सका कारण हालसम्म १३ पुरुष, तीन महिला र दुई तेस्रो लिङ्गीको मृत्यु भइसकेको उक्त अस्पतालले जनाएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

ट्राफिक प्रहरी सुनसरीलाई ३५ लाखको सहयोग सामग्री प्रदान
ट्राफिक प्रहरी सुनसरीलाई ३५ लाखको सहयोग सामग्री प्रदान
फेरि पनि पार्टी फुट्ने त्रासमा माधव नेपाल
फेरि पनि पार्टी फुट्ने त्रासमा माधव नेपाल
महिलामाथि हुने सबै प्रकारका हिंसा अन्त्य गछौँ : उपप्रधानमन्त्री श्रेष्ठ
महिलामाथि हुने सबै प्रकारका हिंसा अन्त्य गछौँ : उपप्रधानमन्त्री श्रेष्ठ
एशियाली बजारले कायम गर्याे नयाँ रेकर्ड
एशियाली बजारले कायम गर्याे नयाँ रेकर्ड
रोचक जानकारी : नियमित सेक्स गर्ने महिलालाई यसरी चिन्नुस
रोचक जानकारी : नियमित सेक्स गर्ने महिलालाई यसरी चिन्नुस
धितोपत्र बोर्डको वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक
धितोपत्र बोर्डको वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक
आजको राशिफल
आजको राशिफल
‘सरकार कर्मचारीलाई तलब खुवाउन नसक्ने अवस्थामा हो ?’
‘सरकार कर्मचारीलाई तलब खुवाउन नसक्ने अवस्थामा हो ?’
सुत्केरीको मृत्युबारे पत्ता लगाउन स्वास्थ्य मन्त्रालयको टोली पुग्यो धुलिखेल अस्पताल
सुत्केरीको मृत्युबारे पत्ता लगाउन स्वास्थ्य मन्त्रालयको टोली पुग्यो धुलिखेल अस्पताल
नेपालकाे लगातार दाेस्राे जित, दिपेन्द्रकाे सतकिय पारी र सागरकाे अलराउण्ड प्रदर्शन महत्वपूर्ण !
नेपालकाे लगातार दाेस्राे जित, दिपेन्द्रकाे सतकिय पारी र सागरकाे अलराउण्ड प्रदर्शन महत्वपूर्ण !

तपाईंले छुटाउनुभयो कि?