प्रचण्डले भने ” देशका सबै युवा–युवती मेरा लागि छोराछोरी हुन्”

Shikharkhabar Shikharkhabar
|
बिहिबार, मंसिर ७, २०७४
|
२२
|
३१ पटक हेरिएको
Shares
प्रचण्डले भने ” देशका सबै युवा–युवती मेरा लागि छोराछोरी हुन्”

सारांश

  • काठमाडौँ, ७ मंसिर : नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशका सबै छोराछोरी नै आफ्ना लागि छोराछोरीसरह भएको बताउनुभएको छ ।
  • आज आफ्नै निवास लाजिम्पाटमा आयोजना गरिएको स्व प्रकाश दाहालको श्रद्धाञ्जलिसभामा वितरण गरिएको लिखित मन्तव्यमा देशका सबै युवा–युवती हाम्रा छोरा प्रकाश जस्तै रहेको र तिनको समुन्नत भविष्यका लागि हामीले अझ धेरै मेहनत गर्नुपर्छ भन्ने निष्कर्षमा पुगेको बताउनुभयो ।
  • मन्तव्यमा भनिएको छ, “प्रकाशको मृत्युपछि नेविसंघ, अनेरास्ववियू र अखिल (क्रान्तिकारी) सँगै युवा संगठनले पनि म र मेरो परिवारलाई संयुक्त सान्त्वना दिए र ‘हामी सबै तपाईंका छोराछोरी हौँ’ भनेर हाम्रो आत्मबल बढाए ।

काठमाडौँ, ७ मंसिर : नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशका सबै छोराछोरी नै आफ्ना लागि छोराछोरीसरह भएको बताउनुभएको छ ।

आज आफ्नै निवास लाजिम्पाटमा आयोजना गरिएको स्व प्रकाश दाहालको श्रद्धाञ्जलिसभामा वितरण गरिएको लिखित मन्तव्यमा देशका सबै युवा–युवती हाम्रा छोरा प्रकाश जस्तै रहेको र तिनको समुन्नत भविष्यका लागि हामीले अझ धेरै मेहनत गर्नुपर्छ भन्ने निष्कर्षमा पुगेको बताउनुभयो ।

मन्तव्यमा भनिएको छ, “प्रकाशको मृत्युपछि नेविसंघ, अनेरास्ववियू र अखिल (क्रान्तिकारी) सँगै युवा संगठनले पनि म र मेरो परिवारलाई संयुक्त सान्त्वना दिए र ‘हामी सबै तपाईंका छोराछोरी हौँ’ भनेर हाम्रो आत्मबल बढाए । प्रकाश अब छैनन् । तर, देशका हरेक युवा–युवतीमा हामीले प्रकाशलाई देखेका छाँै ।”

आफ्नो पारिवारिक शोकमा आम रुपमा प्राप्त भएको ऐक्यवद्धता हाम्रा लागि धेरै महत्वपूर्ण रहेको भन्दै उहाँले पीडामा साथ दिनुले खुशीमा साथ दिनुभन्दा धेरै महत्व राख्ने उल्लेख गर्नुभयो ।
उहाँले भन्नुभयो ‘ तपाईहरुको साथले हामीलाई एकमात्र पुत्रको वियोगको पीडा सहन र पीडासँग लड्न धेरै शक्ति मिलेको छ ।’
शोकको यो घडीमा आफूले देशबाट मात्रै होइन विश्वभरिबाटै समवेदना र सान्त्वना पाएको, नेपालका सबै राजनीतिक दल र तिनको नेतृत्वले हामीलाई दिएको समवेदना र ढाडसप्रति ऋणी रहेको अध्यक्ष दाहालको भनाइ छ ।
अध्यक्ष दाहालको लिखित मन्तव्यमा भनिएको छ ‘ छिमेकी देश चीन र भारतबाट म र मेरो परिवारले निकै छिटो प्रेमपूर्ण समवेदना पायो । युरोप, अमेरिका, अष्ट्रेलिया, अफ्रिका र एसियाका विभिन्न देश अनि संसारभरिका थुप्रै कम्युनिष्ट पार्टीले यो शोकमा हाम्रो परिवारप्रति ऐक्यवद्धता र सहानुभूति देखाए । पेशागत, व्यावसायिक र सामाजिक संघसंस्थाले यो शोकमा हामीलाई सान्त्वना दिए । मंसिर ३ गते नर्भिक अस्पतालदेखि पेरिसडाँडा र आर्यघाटसम्म स्वतःस्फूर्त रुपमा उर्लिएको जनसागरलाई मैले प्रकाशले छोटो उमेरमा कमाएको प्रतिष्ठाको प्रमाण मानेको छु । ’
यही मंसिर ३ गते राति आकस्मिक हृदयघातबाट अध्यक्ष दाहालका ३६ वर्षका छोरा प्रकाशको असामयिक निधन भएको थियो ।
कार्यक्रममा विभिन्न राजनीतिक दलका नेता, उद्योगी, व्यवसायी, पत्रकार, यहाँस्थित कुटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधिको उपस्थिति थियो । उपस्थित सहभागीले अध्यक्ष दाहाल र उहाँको परिवारलाई समवेदना व्यक्त गरेका थिए ।

प्रतिक्रिया

22 कमेन्ट

    Comment Author

    Harihar Bhandari

    Very good

    Comment Author

    Radhika Khadka

    testo vanna chai ali suhaudaina

    Comment Author

    आधर बिन्दु

    जनताको उच्च सम्मान र मायाले अध्यक्ष प्रचण्डलाई पुत्र वियोगले सन्तप्त मनमा आत्मबल र आत्मविश्वास बढाउन मद्दत पुग्ने छ!

      Comment Author

      ऐन बोहरा

      Rajniti ma putra moh kunai sthan hudaina mitra prchanda ji matra shakti moh hun uha sanga kurchi moha xa

    Comment Author

    Thapa Doleshor

    हाे हाे अाफ्नै छोराछोरी रहेछन तर के गर्नु आफ्नै छोराछोरीकाे रगतमा हाेलि खेल्ने लाइ

    Comment Author

    Ganesh Deuba

    Sala dog, agile as to bhanne.

      Comment Author

      Yuzing Tmg

      Saala toe kukur

    Comment Author

    Hari Bhandari Kalpit

    Good

    Comment Author

    Shiv Shah

    Pahily buddi kat tired gay ko thiyu tinipani hamry chro chori hun vani

    Comment Author

    Madhav Pokhrel

    अाफ्ना छाेराछाेरि बुबा आमा सम्झिने भय किन मारे हिजाेका तिदिनमा कति दिदिबहिनि बिदुवा कति वालबच्चा टुहुरा कति आमा सन्तानबिहिन बनायर मजालिय कति दाजुभाई बिचरा काजकिरियामा बसेकाे बेला अपहरणगरि मारिय याे सैताकाे काम अझै ताजाछन् कसैने बिर्सन सक्दैन लाज लाक्दैन नालायक लाई अाफ्नै सन्तानहुन भन्न छि छि छि

      Comment Author

      BK Dhakal Subedi

      Sajilo mrityu kahan diiyo ra

    Comment Author

    Chhongba Sherpa

    I don’t believe he thinking about that !
    Don’t you thinking ?

    Comment Author

    Yuba Basnet

    DESH RA JANTAKO LAGI GARERA DEKHU ! !

    Comment Author

    Sushil Shrestha

    Aasmbhab khi chhan ko lagi ho yo boko.

    Comment Author

    Santosh Kumar Baral

    प्रायश्चित गर्ने , जुनिभरिमा सकिएछ भने अानन्द मिल्ला ।

    Comment Author

    Man Bahadur Bhat

    Jati bela hajarau mariya, badarmudhe ma yambus ma mariya tyati bela kaska chhora chhori ?

    Comment Author

    Chola Kant

    Neta prachanda lai pni muri muri ashirbad tatha Salam xa.

    Comment Author

    Madhav Nepal

    Yo bhanae mansir 21 gate Samma ko lagi hunxa hai manuwa ho….bhujhirakha…

    Comment Author

    ऐन बोहरा

    Purba pradhanmantri jiu ma tapai ko prakash jastai huna sakdaina kin ki tapai le jun vision liyers 10 barse janyoudha garnu vo tyo vijan santi prakirya sangai harayo kata kata lagxa tapai le kurchi moh ka karan yodha ma janu vayeko thiyo jasto lagxa hun sakxa tyo mero vram pani hun sakxa tara tapai santi prakirya ma aaisake paxi tapai sanga tyo atal sanghrasa samapta vayo tapai sinha darwar ko mukhe patra matra bannu vayo teskaran ma lavayet thuprai youth tapai prati grina garnu hunxa
    Ma cuminst hoina ra thiyena tara tapai kathit 10 barse janyudh ra vision lai maoun samrthan garkai ho tara tesle paluwa palauna sakena matra tapai ko kurchi moha le
    Antat prakas prati hardik sradanjali

    Comment Author

    Krishna Sapkota

    एउटा बुहारि र नातिको न्याय दिन नसक्नेले सबै मेरा छोराछोरी रे छि

    Comment Author

    Sammbar Tamang

    Good

    Comment Author

    Přâķãšh Påŕķî

    Good

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 22
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?