ओलीलाई पर्खदैं भारत
सारांश
- काठमाडौं, माघ १७ ।
- नेपालमा इन्धन बिक्रीमा एकाधिकार पाएको भारतले नयाँ प्रधानमन्त्री आएपछि मात्र नेपाल भारत (रक्सौल-अमलेखगन्ज) पेट्रोल पाइपलाइन निर्माण सुरु गर्ने भएको छ ।
- पाइपलाइनको लागि धमाधम पाइप नेपाल भित्रिरहे पनि भारतले नयाँ सरकार बनेपछि पाइपलाइन निर्माण थाल्ने संकेत गरेको खबर आजको नागरिक दैनिकमा छ ।
काठमाडौं, माघ १७ । नेपालमा इन्धन बिक्रीमा एकाधिकार पाएको भारतले नयाँ प्रधानमन्त्री आएपछि मात्र नेपाल भारत (रक्सौल-अमलेखगन्ज) पेट्रोल पाइपलाइन निर्माण सुरु गर्ने भएको छ ।
पाइपलाइनको लागि धमाधम पाइप नेपाल भित्रिरहे पनि भारतले नयाँ सरकार बनेपछि पाइपलाइन निर्माण थाल्ने संकेत गरेको खबर आजको नागरिक दैनिकमा छ ।
वाम गठबन्धनको बहुमत रहेकाले भावी प्रधानमन्त्रीको रुपमा केपी ओलीलाई हेरिएको छ । दिलीप पौडेलले खबर लेखेका छन् ।
राजनीतिक स्वार्थ पूरा गर्न साढे दुई बर्षअघि इन्धनमा नाकाबन्दी लगाएको भारतले नयाँ बन्ने रक्सौल-अमलेखगन्ज पेट्रोल पाइपलाइनको शिलान्यास नयाँ प्रधानमन्त्रीबाट गरेर राजनीतिक सन्देश दिने तयारी गरेको हो ।
नेपाल आयल निगमका एक अधिकारीले भने, -पाइप आए पनि भावी सरकारको नयाँ प्रधानमन्त्रीबाट शिलान्यास गर्ने सन्देश आएको छ । निर्माण सुरु गर्न केही समय लाग्ने देखिएको छ ।’
दुई देशको लागि रणनीतिक महत्वको परियोजना भएकाले प्रधानमन्त्रीद्धारा पाइपलाइनको शिलान्यास गर्ने योजना बनाएको हो । इन्डियन आयल कर्पोरेसनका अधिकारीले निगमलाई उपल्लो तहबाट शिलान्यासको मिति टुंगो लगाउने संकेत गरेका छन् ।
Mongol Gunjan
नबनाएको राम्रो, किन कि फेरि बन्द गर्दिन सक्छ। बरु चीन बाट पनि ल्याउने मेसो गरे राम्रो। एकलौटी भएर बेला बेला दुख पाइएको सवलाई थाहा छ।