कांग्रेस र राजपाको अवरोधपछि प्रतिनिधिसभा बैठक स्थगित

Shikharkhabar Shikharkhabar
|
मंगलबार, आषाढ २४, २०७६
|
|
२४ पटक हेरिएको
Shares
कांग्रेस र राजपाको अवरोधपछि प्रतिनिधिसभा बैठक स्थगित

सारांश

  • काठमाडौं।
  • प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र राजपाका सांसदहरुले सर्लाही घटनाबारे छानविन गर्न संसदीय समिति गठन गर्न माग गर्दे नाराबाजी गरेपछि प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित भएको छ।
  • प्रतिनिधिसभाको मंगलबारको बैठकमा सर्लाहीका विभिन्न ३ वटा घटनाबारे गृहमन्त्रीले दिएको जवाफ चित्तबुझ्दो नभएको भन्दै उनीहरुले सत्य तथ्य छानविनका लागि संसदीय समिति गठन गर्न माग गरेका हुन्।

काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र राजपाका सांसदहरुले सर्लाही घटनाबारे छानविन गर्न संसदीय समिति गठन गर्न माग गर्दे नाराबाजी गरेपछि प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित भएको छ। प्रतिनिधिसभाको मंगलबारको बैठकमा सर्लाहीका विभिन्न ३ वटा घटनाबारे गृहमन्त्रीले दिएको जवाफ चित्तबुझ्दो नभएको भन्दै उनीहरुले

सत्य तथ्य छानविनका लागि संसदीय समिति गठन गर्न माग गरेका हुन्। सभामुखले समिति गठनबारे दलहरुबीच सल्लाह गर्नुपर्ने भन्दै बैठक संञ्चालन गर्न पटक पटक अनुरोध गरेपनि सांसदहरुले वेल घेराउ गर्दै ‘संसदीय समिति गठन गर’ भन्ने नाराबाजी गरिरहेपछि सभामुखले १५ मिनेटका लागि बैठक स्थगित गरेका हुन्। सभामुखले संसदमा भएका पार्टीहरुसंग

आवश्यक परामर्श गर्न दिनुहोस् त्यसका निम्ति केही समय चाहियो भन्दै पटक पटक आसन ग्रहणक लागि अनुरोध गरेका थिए। तर कांग्रेस र राजपाका सांसदहरुले तत्काल समिति गठन हुनुपर्ने माग गरेका थिए। विरोधकाबीच सत्तारुढ दलका सांसद खगराज अधिकारीले प्रतिपक्षी दलले संविधान र नियमावलिलाई उलंघन गरेको भन्दै नियमापत्ति जनाएका थिए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?