विषादी प्रकरणमा झुक्याइएको भन्दै प्रधानमन्त्री ओलीले मागे माफी

Shikharkhabar Shikharkhabar
|
बिहिबार, आषाढ २६, २०७६
|
|
२१ पटक हेरिएको
Shares
विषादी प्रकरणमा झुक्याइएको भन्दै प्रधानमन्त्री ओलीले मागे माफी

सारांश

  • प्रधानमन्त्री केपी शर्मा ओलीले विषादी प्रकरणमा माफी मागेका छन् ।
  • उनले यो प्रकरणमा आफूलाई झुक्याइएको स्पष्ट पारे ।
  • बिहीबार काठमाडौमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले भारतबाट आएको पत्रबारे आफूलाई झुक्याइएको बताए ।

प्रधानमन्त्री केपी शर्मा ओलीले विषादी प्रकरणमा माफी मागेका छन् । उनले यो प्रकरणमा आफूलाई झुक्याइएको स्पष्ट पारे । बिहीबार काठमाडौमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले भारतबाट आएको पत्रबारे आफूलाई झुक्याइएको बताए ।

उनले भने,‘भारतबाट पत्र आएको रहेछ, तर मैले आएको छैन भनेर सार्वजनिक रुपमा बोलेँ । विभिन्न ठाउँमा कूटनीतिक प्रयास हुनु र मलाई जानकारी नदिनुले म लज्जित हुनुर्पयो । यसप्रति म क्षमाप्रार्थी छु ।’

विप्लव समूहका दुई जिल्ला नेता पक्राउ
परासी। पश्चिम नवलपरासी प्रहरीले नेत्रविक्रम चन्द (विप्लव) समूहका दुई जिल्लास्तरका नेतालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा जिल्ला सदस्य कमालुद्दिन अन्सारी र शारदा भण्डारी रहेका छन्। अन्सारीलाई आज बिहान र भण्डारीलाई बुधबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ।

दुवै आगो लगाएको सङ्गठित अपराध मुद्दामा फरार रहेको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिए।

रामग्राम–१० नदवा बस्ने वर्ष ५७ का अन्सारीलाई आज बिहान घरबाटै पक्राउ गरी आवश्यक अनुसन्धान थालिएको उनले बताए। यसअघि विप्लव समूहकै जिल्ला सदस्य तथा उक्त समूहको विद्यार्थी सङ्गठन अनेरास्ववियु (क्रान्तिकारी) नवलपरासीकी जिल्ला अध्यक्ष शारदा भण्डारीलाई बुधबार प्रहरीले पक्राउ गरेको हो।

२२ वर्षीया भण्डारीलाई पश्चिम नवलपरासी पहरीले सरावल गाउँपालिका–१ बासाचोकबाट पक्राउ गरेको थियो। भण्डारीलाई जिल्ला प्रहरी कार्यालयमा राखी आवश्यक अनुसन्धान थालिएको छ । भण्डारी कपिलवस्तु शिवराज नगरपालिका–१ की स्थायी बासिन्दा हुन्।

वर्षाको पानीमा भिज्दा हुन्छन् यस्ता ४ फाइदाहरु
तपाईलाई थाहा छ वर्षातको पानीमा भिज्दा के के फाइदा हुन्छ ? अहिले देशैभरी मनसुन सक्रिय भएका कारण विहान, दिउँसो र बेलुका जति बेला पनि पानी पर्न सक्छ । वर्षातको पानी भिज्न कतिपयलाई मज्जा लाग्छ त कतिपय पानी भन्ने बित्तिकै तर्सिने गर्छन् । तर वर्षातको पानीमा भिज्नु स्वास्थ्यको दृष्टिकोणले भने निकै लाभदायक हुन्छ । वर्षातको पानीले तपाईको छाला र कपालमा निकै धेरै फाइदा पुर्याउने गर्छ । वर्षातमा भिज्दा हुने ४ फाइदाहरु यसप्रकार छन् ।

१. वर्षातको पानी भाँडोमा थापेर आफ्नो कपाल धुने गरे त्यसले निकै धेरै फाइदा पुर्याउँछ । वर्षातको पानीले धोएको कपाल नरम र आकर्षक देखिन्छ । केही दिन यसरी वर्षातको पानीले कपाल धुने गरेका तपाई आफ्नो कपालमा देखिएको सकरात्मक परिवर्तन देखेर आफै चकित पर्नु हुनेछ ।

२. वर्षातको पानीमा नुहाउनु पनि स्वास्थ्यको लागि निकै फाइदाजनक हुन्छ । आकाशबाट बर्षिएको पानीमा नुहाउँनाले छालाको एकदमै राम्रोसँग प्राकृतिक तरिकाले सफाइ हुन्छ । त्यतिमात्रै होइन, वर्षातको पानीले छालामा रहेका सानातिना रोगहरु पनि हटेर जानुका साथै स्वस्थ पनि बनाउँछ ।

३. वर्षातको पानीलाई कुनै भाँडोमा जम्मा गरेर राख्ने अनि त्यो पानी बेलुका सुत्नु अघि छालामा लगाउने गर्नाले छाला नरम र दागरहित बन्छ । यदि तपाईको अनुहारको छाला दागसहितको र कडा छ भने आजैदेखि वर्षातको पानी थापेर लगाउने गर्नुस् । केही दिन पछि नै आफ्नो अनुहारको छालामा देखिने परिवर्तन देखेरे आफै विश्वास गर्न सक्नु हुन्न ।

४. विहानै उठेर आकाशबाट बर्षिएको पानीले मुख धुने गर्न निकै लाभदायक हुन्छ । आकाशको पानी थापेर त्यो पानीले मुख धुने हो भने अनुहारको छालाको रंग सफा हुनुका साथै दागधब्बा पनि हटेर जान्छ । त्यासे त वर्षाको पानी पेडिक्योरका लागि पनि गर्न सकिन्छ ।

(Alprazolam)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?