भत्किएको बाँध भारतीयले तुरुन्तै बनाए, फेरि पानी फर्किन थाल्यो गौरतर्फ

Shikharkhabar Shikharkhabar
|
शनिबार, आषाढ २८, २०७६
|
|
२४ पटक हेरिएको
Shares
भत्किएको बाँध भारतीयले तुरुन्तै बनाए, फेरि पानी फर्किन थाल्यो गौरतर्फ

सारांश

  • भारतीय पक्षले दशगजामा कृत्रिम तरिकाले बनाएको बाँध फुटेपछि त्यहाँ भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले तत्काल मर्मत गरेका छन्।
  • भारतीय पक्षले लालबकैया र बागमतीलाई जोडेर करिब २५ फिट अग्लो बाँध दशगजामा निर्माण गरेर बाढीको पानी रोक्न खोज्दा बाँध फुटेपछि तत्काल मर्मत गरिएको हो।
  • सदरमुकाम देखि तीन किलोमीटर पुर्व राजदेवी नगरपालिकाको बेलबिछवा टोल नजिक नेपाल भारत सीमाक्षेत्रको मुसाचक नजिक बाँधिएको बाँध पानीको बेगले आफै भत्किएपछि तैनाथ भारतीय एसएसबीहरूले तत्काल केमिकलको प्रयोग मर्मत गरेको हुन्।

भारतीय पक्षले दशगजामा कृत्रिम तरिकाले बनाएको बाँध फुटेपछि त्यहाँ भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले तत्काल मर्मत गरेका छन्। भारतीय पक्षले लालबकैया र बागमतीलाई जोडेर करिब २५ फिट अग्लो बाँध दशगजामा निर्माण गरेर बाढीको पानी रोक्न खोज्दा बाँध फुटेपछि तत्काल मर्मत गरिएको हो।

सदरमुकाम देखि तीन किलोमीटर पुर्व राजदेवी नगरपालिकाको बेलबिछवा टोल नजिक नेपाल भारत सीमाक्षेत्रको मुसाचक नजिक बाँधिएको बाँध पानीको बेगले आफै भत्किएपछि तैनाथ भारतीय एसएसबीहरूले तत्काल केमिकलको प्रयोग मर्मत गरेको हुन्।

लाल बकैया र बागमती नदीको पानीले भारत मै ठूलो असर देखाउने अनुमान गरिएपछि उनीहरूले यस्तो कदम चालेका हुन्। दुई दिन देखि थुनिएको पानी फेरि गौर सदरमुकामतिर फर्किन सुरू गरेको छ। नागरिकबाट

भारतले खोल्न नमानेको बाँध आफै भत्कियो, भारतमा हल्लीखल्ली
रौतहटको सिमानामा भारतले बाँधेको बाँध बाढीले भत्किएको छ । बाँध फुटेर पानी भारततर्फ बगेपछि रौतहटमा पानीको सतह घट्न थालेको छ । बाँध फुटेपछि बाढी भारतीय बस्तीमा पसेको छ । बाढी पसेपछि भारतीय बस्तीहरु बैरगनिया, अशोगी, भकुरहर, सिन्धुलिया लगायत ठाउँका बासिन्दामा हल्लीखल्ली मच्चिएको छ ।

भारतको बैरगनिया र रौतहटको गौरको बीचमा रहेको भारतीय बाँधका कारण सदरमुकाम गौरसहित रौतहटका अधिकांश बस्ती डुबानमा परेका छन् । बाँधमा भएका ढोकाहरु नखोलिदिँदा संकट निम्तिएको भन्दै रौतहटका प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखले भारतीय अधिकारीलाई पानीको निकास खोल्न आग्रह गर्दै आएका थिए ।

तर पानीको बहाव खोलिदिनुको सट्टा बाँधमा सुरक्षाकर्मी खटाएको भन्दै रौतहटबासीले सामाजिक सन्जालमार्फत भारतको आलोचना गरेका थिए । फेसबुक प्रयोगकर्ताले भारत विरोधी स्टाटससँगै ‘गो ब्याक इन्डिया’ ह्यासट्याग पनि प्रयोग गरेका छन् ।

पूवृपश्चिम राजमार्गमा पुल भत्कियो
पूर्वपश्चिम राजमार्ग अन्तर्गत महोत्तरी बर्दिवास नगरपालिकास्थित भप्सी पुल बाढीले बगाएको छ । पुलको बीच भाग नै भत्किएपछि आवत(जावत ठप्प छ ।
अविरल वर्षापछि आएको बाढीले पुल बगाउँदा पूर्वपश्चिम राजमार्ग पूर्णरुपमा अवरुद्ध भएको प्रमुख जिल्ला अधिकारी उमेश ढकालले जानकारी दिए ।

पुल भत्किएपछि बर्दिवास नगरपालिका ५ सशस्त्र प्रहरीको माइस्थान चेकपोष्टतर्फ र रातुखोलातर्फ सयौं गाडीहरु रोकिएका छन् । रातिदेखि नै यात्रुहरु सडकमा अलपत्र छन् । कतिपय यात्रुहरु भने जोखिम मोलेर खोलाको बाढी तरेर वारपार गरेका छन् ।

शनिबार बिहान विपत व्यवस्थापन समितिको बैठक बसेको छ । बैठकले जिल्लामा उद्धार तथा राहतका लागि सकृयतापूर्वक जनशक्ति परिचालन गर्ने निर्णय गरेको छ ।

महोत्तरीको १४ नम्बर बजारका केही घरहरुमा सडकको पानी पसेको छ भने किसाननगरमा ३ वटा घर भत्किएको बर्दिवास नगरपालिका वडा नम्बर ७ का अध्यक्ष फागुनी मगरले बताए ।

बर्दिवास नगरपालिका १ मा रहेको पानी खोल्सीले राजमार्ग पनि भत्काएको छ । त्यहाँका चार(पाँच घरमा गिट्टी माटो पसेको स्थानीयले जानकारी दिएका छन् । रातिदेखि नै नेपाल टेलिकमका पोष्टपेड र प्रिपेड मोबाइलमा सम्पर्क नहुने समस्या पनि आएको छ ।

गोदावरी खोलाले जीप बगायो, खोलामा पानी बढेपछि स्थानीय नाकाबन्दीमा
बाढीले गोदावरी खोलाको बहाव खतराभन्दा माथि पुगेपछि महालक्ष्मी नगरपालिकाका बासिन्दामाथि नाकाबन्दी लागेको छ । दुई आर्थिक वर्ष बितिसक्दा पनि अन्र्तगत सिद्धिपुर(लुभु जोड्ने मुख्य सडकको पुल निर्माण पूरा नहुँदा दशौं हजारलाई नाकाबन्दी लागेको छ ।

अविरल वर्षाका कारण आएको बाढीले अस्थायी आवागमनका लागि राखिएको ढलभन्दा निकै माथि पानीको सतह पुगेपछि वडा नम्बर ७,८,९ र १० का बासिन्दा खोला वारपार गर्न पाएका छैनन् । शुक्रबार विहान अस्थायी कलभर्ट तरेर गएकाहरु साँझ घर फर्कन सकेनन् । फर्केर आफन्तकोमा बस्न पुगे । कोही वैकल्पिक मार्ग खोज्दै हिंडे ।

यसै आर्थिक वर्ष्भित्र सम्पन्न भइसक्नुपर्ने पुल विभिन्न बहानामा पूरा हुन सकेको छैन । पुलको तल्लो पिलर मात्र जोडिएको छ । ग्वार्को लामाटार सडक खण्डको गोदावरी खोलाको पुल नबन्दा गत वर्ष पनि जीप बगाएको थियो । यस वर्ष पनि बगाउन लागेको जीपलाई स्काभेटरको सहायताले निकालियो ।

पुल समयमा नबन्दा स्थानीयवासी जनप्रतिनिधिहरुसँग आक्रोशित भएका छन् । उनीहरुले कामभन्दा कुरा धेरै गरेको भनी असन्तुष्टि पोखेका छन् ।

सिद्धिपुरबाट बिसनडोल हुँदै लुभु जाने वैकल्पिक मार्ग पनि निर्माणाधीन भएकाले हजारौं बासिन्दालाई आवतजावत गर्न कठिनाई परिरहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?