‘दाेस्ति’ देखि ‘दुस्मन’ सम्म एन्फाका यि दुई अध्यक्ष !
सारांश
- काठमाडाै, २४ वैशाख ।
- ‘म अदृश्य हैन दृश्य शक्ति को रुपमै छु।
- के गरेर नेपाली फुटबलको विकास हुन्छ म टुलुटुलु हेरेर बस्न सक्दिनँ’ दुई दशक अखिल नेपाल फुटबल संघ(एन्फा)को नेतृत्व गरेका गणेश थापाले १६औं अधिवेशनको केही अघि आफ्नो प्रभाव र उपस्थितिको संकेत दिँदै माथिको वाक्य बोलेका थिए।
काठमाडाै, २४ वैशाख । ‘म अदृश्य हैन दृश्य शक्ति को रुपमै छु। के गरेर नेपाली फुटबलको विकास हुन्छ म टुलुटुलु हेरेर बस्न सक्दिनँ’
दुई दशक अखिल नेपाल फुटबल संघ(एन्फा)को नेतृत्व गरेका गणेश थापाले १६औं अधिवेशनको केही अघि आफ्नो प्रभाव र उपस्थितिको संकेत दिँदै माथिको वाक्य बोलेका थिए।
दुई दशक एन्फाको नेतृत्व गर्दा नेपाली फुटबलमा उनको प्रभाव यतिसम्म चुलियो कि मान्छेहरू भन्ने गर्थे ‘एन्फा भनेकै गणेश थापा’हो।
२०७२ मंसिरमा विश्व फुटबल परिषद् (फिफा)को इथिक्स कमिटीले थापालाई सन् २००९ / २०११ मा भएको फिफा कार्यसमिति निर्वाचनमा एसियाली प्रतिनिधि छान्ने क्रममा ठूलो रकम घुस लिएको भन्दै १० वर्ष फुटबलका गतिविधिबाट प्रतिबन्ध लगायो। नेपालमा अख्तियार दुरूपयोग अनुसन्धानको मुख थुन्न थापा सफल भए पनि फिफा निर्णय सामु उनी निरीह बने।
त्यही निर्णयले पाँचौ कार्यकालको अन्तिम वर्ष थापालाई नेपाली फुटबलबाट पनि बहिर्गमन बाध्य पार्यो। फिफाले भष्ट ठहर्याउनु र १० वर्ष प्रतिबन्ध लाग्नुले थापालाई फुटबलतर्फ फर्कन मुस्किल पर्ने धेरैको आकँलन थियो। तर, उनी अदृश्य रुपमै आफ्नो प्रभाव देखाइरहे।
‘म अदृश्य हैन दृश्य शक्ति को रुपमै छु। के गरेर नेपाली फुटबलको विकास हुन्छ म टुलुटुलु हेरेर बस्न सक्दिनँ’, फिफा निर्वाचनको केही समयअघि उनले आफू सक्रिय रहेको संकेत गर्दै भनेका थिए। फिफाको प्रतिबन्ध लगत्तै एन्फा नेतृत्वमा जो आए ती थापाकै मान्छे थिए। नरेन्द्रलाल श्रेष्ठ हुन् अथवा मणि कुँवर। त्यही भएर गणेश थापाले यस पटक पनि आफ्नो अदृश्य शक्ति अभ्यास प्रयास गरेका थिए।
सजिलै भएको हैन् थापा युगको अन्त्य
नरेन्द्र श्रेष्ठ नेतृत्वको कार्यसमितिको म्याद गत कार्तिकमै सकिएको थियो। तर तीन पटक स्थगन र चुनावी झमेला पार गर्दै बल्ल बैशाख २२ चुनाव सम्पन्न भयो। निर्वाचन लम्बिनुको मुख्य गणेश थापा र उनी पक्षधर पदाधिकारी नै थिए। कर्माछिरिङ शेर्पा र थापाकै सालो तथा तत्कालीन वर्तमान वरिष्ठ उपाध्यक्ष कुँवर प्यानलैसहित १६औं अधिवेसनमा प्रतिस्पर्धामा गर्दै थिए।
फिफाले १० वर्षे प्रतिबन्ध लगाएपछि थापाको छवि धुमिल भएको थियो। तर, अदृश्य रुपमा भने थापा उत्तिकै सक्रिय थिए। जिल्लाका अधिवेशन हुँदा थापाले कुँवरका पक्षमा खुलेर मत मागेको अडियो बाहिरिएको थियो।
फिफाले प्रतिबन्ध लगाएको व्यक्ति अदृश्य रुपमा फुटबलमा प्रत्यक्ष सहभागी भएको भन्दै शेर्पा पक्ष उनीमाथि खनिएको थिए। पत्रकार सम्मेलनमा शेर्पा स्वयमले थापालाई चुनाव हुन नदिन शक्ति केन्द्रहरु धाइरहेको आरोप लगाएका थिए।
जवाफमा थापाले आफू फुटबलको शुभचिन्तक भएका नाताले फुटबलको भलो हुने काममा लाग्ने दोहोर्याइ रहे। उनले कर्माछिरिङ भन्ने मान्छेले चुनाव जिते भने त्यो नेपाली फुटबलका निमित्त एकदमै दुर्भाग्य हुने र फुटबल संघ नरहनेसम्म भन्न भ्याए।
मकवानपुर जिल्लामा भएको अधिवेशनबाट एन्फा प्रतिनिधि कुँवर बाहिरिएपछि चुनाव स्थगित भएको थियो। भक्तपुरमा भने क्लबहरुले आफूलाई जिल्ला साधारण सभामा सहभागी नगराएको भन्दै विवाद अदालतमा पुगेको थियो।
यी दुई जिल्लाको विवाद समाधान गरिकनै गत चैत्र १४ गते एन्फाको निर्वाचन मिति तोकिएको थियो। तर, अन्तिम समयमा यी जिल्लाका प्रतिनिधिहरुले आफूहरुको अधिवेशनमा भाग लिन पाउनुपर्ने अधिकारबाट वञ्चित गरिन लागिएको भन्दै उच्च अदालत पाटकमा मुद्दा दर्ता गरे।
त्यसको सुनुवाई गर्दै अदातले एन्फाको चुनाव नगर्न नगराउन अन्तरिम आदेश दिएको थियो। चुनाव रोकिएपछि पुनः एन्फाले दुवै जिल्लाको निर्वाचन अघि बढायो। निर्वाचन गर्यो र अन्तरिम आदेश खारेजीको मागसहित तत्कालिन अध्यक्ष श्रेष्ठले अदालतमा निवेदन दिए। अदालतले अन्तरिम आदेश खारेज गरेपछि चुनावको बाटो खुल्यो।
यतिमै एन्फाको निर्वाचनको किचलो सकिएन्। निर्वाचन समितीले बाँकी रहेको प्रक्रिया अघि बढाउने भन्दै बैशाख २२ गते एन्फाको निर्वाचन मिती तोक्यो। तर, त्यसमा कुँवर पक्षले असहमती जनायो।
विधानसम्मत चुनावको मिती घोषणा नभएको भन्दै कुँवरले आफूहरुलाई मान्य नभएको बताएका थिए। एन्फाको विधानमा चुनाव हुनु ६० दिनअघि सदस्यहरुलाई जानकारी गराइसक्नुपर्ने उल्लेख थियो। निर्वाचन समिती र अध्यक्ष श्रेष्ठले उच्च अदालत पाटनले अन्तरिम आदेश दिनुअघि नै बाँकी प्रक्रिया पुरा भइसकेको र रोकिएको स्थानबाट प्रक्रिया सुरु हुनेमा जोड दिए भने कुँवरले पुनः ६० दिनको म्याद दिदैं नयाँ मिती घोषणा गर्नुपर्नेमा अड्डी कसे।
निर्वाचनको मुखैमा आएर कुँवर पक्षले चुनाव रोक्न अन्तरिम आदेको माग गर्दै काठमाडौं जिल्ला अदालतमा मद्दा पनि हाले तर अदालतले चुनाव रोक्न अन्तरिम आदेश दिनुनपर्ने घोषणा गरेपछि शनिबार एन्फाको निर्वाचन सम्भव भएको थियो।
चुनावको एकदिन अघिमात्रै कुँवरले विधान सम्मत चुनाव नभएको भन्दै अध्यक्षमा सहभागिता नजनाउने बताएका थिए। चुनावी प्रक्रियाअघि बढिसकेको उनको घोषणाको केही अर्थ थिएन्। फलस्वरुप अध्यक्ष पदमा उनी ५१ मतान्तरले पराजित भए। खसेका ७६ मध्ये ६३ मत शेर्पाको र १२ मत मात्रै कुँवरको पक्षमा परेका थिए। बाँकी सम्पूण पदाधिकारीमा शेर्पाकै पक्षधर विजयी भए। २३ वर्षे थापायुगको अन्त्य भयो।
थापा–शेर्पा सम्बन्धः पहिलेका ‘दोस्त’, अहिलेका ‘दुश्मन’
२०५७ सालमा राष्ट्रिय खेलकुद परिषद्९राखेप०ले गणेश थापालाई बर्खास्त गरी गीता राणाको नेतृत्वमा तदर्थ समिति गठन गरेको थियो। त्यस समितिमा उपाध्यक्ष हुँदै शेर्पा एन्फामा प्रवेश गरेका हुन्। यसयता श्रेष्ठसँग डेढवर्षअघि ५ मतान्तरले अध्यक्षमा पराजित हुनुअघि शेर्पा उपाध्यक्ष, वरिष्ठ उपाध्यक्ष, कार्यवहाक अध्यक्ष भएरै एन्फामा रहे।
२०५९ सालमा कार्यसमितीका बहुमत सदस्यले अविश्वासको प्रस्तावमार्फत गीता राणालाई हटाएपछि राखेप समर्थित एन्फाको कार्यवहाक अध्यक्षको जिम्मेवारी शेर्पाले पाएका थिए। त्यही बेलादेखि गणेश थापासँग शेर्पाको दोस्ती बढेको थियो। कारण, फिफाको मान्यता राखेपले बनाएको एन्फालाई नभएर गणेश थापाको नेतृत्वमा रहेको एन्फालाई थियो।
शेर्पा मिलेपछि तत्कालीन अवस्थामा लागेको ताला फोड्दै गणेश थापा एन्फा कम्लेक्समा प्रवेश गरेका थिए। २०६२ मा भएको निर्वाचनमा शेर्पाले थापालाई अध्यक्षमा समर्थन गरे। शेर्पा उपाध्यक्षमा निर्विरोध भए। उनीहरुबीचको दोस्ती २०६६ / ७० को निर्वाचनमा पनि दोहोरिरह्यो। थापा अध्यक्ष भइरहे, शेर्पा उपाध्यक्ष नेपाल खवरमा समाचार छ । थापासँग एक दशक विताएपछि २०७० सालमा पहिलो पटक शेर्पाले एन्फा र अध्यक्ष थापाको विरोध गरेका थिए। २०६२ सालमा शेर्पाले हिमालय शेर्पा क्लब गठन गरेका थिए। छिटै समयमा उनले क्लबलाई ए डिभिजनमा पनि पुर्याए।
२०७० सालमा भएको सहिद स्मारक ए डिभिजन लिग सकिए पनि एन्फाले त्यसको तयारी खर्च र पुरस्कार नदिएको भन्दै सरस्वती, फ्रेन्ड्स, मछिन्द्र र आफ्नो क्लब हिमालय शेर्पालाई साथमा लिएर शेर्पाले एन्फाको विरोध गरेका थिए।
त्यही ‘घुस’ पछि ‘आगो’ बनेपछि थापा र शेर्पाले सार्वजनिक रुपमै एक अर्काको आलोचनामा उत्रिए। शेर्पाले अदृश्य शक्तिका रुपमा थापाको भूमिकामाथि सन्देह गरिरहे। थापाले शेर्पा नेपाली फुटबलमा आए संघ नरही पार्टीको भातृसंगठन हुनेसम्मको अभिव्यक्ति पनि दिए।
२०७१ जेठमा शेर्पाको नेतृत्वमा विजयनारायण श्रेष्ठ, पंकज विक्रम नेम्वाङले थापाले अनियमितता गरेको भन्दै संसदको लेखा समिति, प्रधानमन्त्री कार्यालय, राष्ट्रिय सतर्कता केन्द्र तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दिएका थिए।
छानविनका क्रममा संसदको सार्वजनिक लेखा समितिले थापाका पालामा एन्फामा ५८ करोड बढी भ्रष्टाचार भएको भन्दै अख्तियारमा उजुरी गरेको थियो। उक्त मुद्दा अख्तियारले अहिलेपनि तामेलीमा राखेको छ। यी घटनाक्रमले पहिलेका ‘दोस्त’ अहिलेका ‘दुश्मन’ बनेका थिए। शनिबार सम्पन्न निर्वाचनपछि भने शेर्पाले विपक्षीहरुलाई पनि समेटेर अघि बढ्ने बताएका छन् भने थापाले नयाँ कार्यसमितीलाई बधाई दिदैं नयाँ कार्यसमितीबाट नेपाली फुटबलको विकाशको आशा व्यक्त गरेका छन्।
प्रतिक्रिया