जिसस निर्वाचनमा चुनावी तालमेल गर्ने सत्तारुढ दलबीच सहमति

Shikharkhabar Shikharkhabar
|
सोमबार, श्रावण १६, २०७४
|
|
२५ पटक हेरिएको
Shares
जिसस निर्वाचनमा चुनावी तालमेल गर्ने सत्तारुढ दलबीच सहमति

सारांश

  • काठमाडौँ, १६ साउन ।
  • प्रमुख सत्तारुढ दलहरु नेपाली काँग्रेस र नेकपा (माओवादी केन्द्र)ले जिल्ला समन्वय समिति (जिसस)को निर्वाचनमा चुनावी तालमेल गर्ने सहमति गरेका छन् ।
  • दुवै दलका कार्यदलको संयुक्त बैठकले एक्लै बहुमत नपुग्ने जिल्लामा जिससको निर्वाचनमा चुनावी तालमेल गर्ने सहमति गरेको काँग्रेस नेता विमलेन्द्र निधिले जानकारी दिनुभयो ।

काठमाडौँ, १६ साउन । प्रमुख सत्तारुढ दलहरु नेपाली काँग्रेस र नेकपा (माओवादी केन्द्र)ले जिल्ला समन्वय समिति (जिसस)को निर्वाचनमा चुनावी तालमेल गर्ने सहमति गरेका छन् ।

दुवै दलका कार्यदलको संयुक्त बैठकले एक्लै बहुमत नपुग्ने जिल्लामा जिससको निर्वाचनमा चुनावी तालमेल गर्ने सहमति गरेको काँग्रेस नेता विमलेन्द्र निधिले जानकारी दिनुभयो ।

बैठकले देशभरि चुनावी तालमेलका लागि केन्द्रीयस्तरबाटै सहमति गरेको हो । प्रदेश नं २ बाहेकका प्रदेशमा सम्पन्न स्थानीय तहको निर्वाचनपछि सबै जिल्लामा जिससको निर्वाचन भइरहेको निर्वाचन आयोगले जनाएको छ ।

काँग्रेसले आगामी असोज २ गते प्रदेश नं २ मा हुन गइरहेको स्थानीय तहको निर्वाचनमा पनि आवश्यकताअनुसार माओवादी केन्द्रसँग चुनावी तालमेल गर्ने नीति लिएको छ । यसअघि सम्पन्न दुई चरणका स्थानीय तहको निर्वाचनमा पनि दुवै दलबीच कतिपय स्थानमा चुनावी तालमेल भएको थियो ।

बैठकमा काँग्रेस नेताहरु निधि, डा रामशरण महत र रमेश लेखक तथा माओवादी केन्द्रका नेता एवं उपप्रधानमन्त्री कृष्णबहादुर महरा र नेता वर्षमान पुन सहभागी हुनुहुन्थ्यो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?