कोलकातामा हुने भानुजयन्तीमा चन्द प्रमुख अतिथि

Shikharkhabar Shikharkhabar
|
बिहिबार, श्रावण ९, २०७६
|
|
२९ पटक हेरिएको
Shares
कोलकातामा हुने भानुजयन्तीमा चन्द प्रमुख अतिथि

सारांश

  • नेपाली जनकल्याण समिति कोलकाताले यस वर्षको २०६ औँ भानुजयन्ती पूर्वप्रधानमन्त्री तथा साहित्यकार लोकेन्द्रबहादुर चन्दको प्रमुख आतिथ्यतामा आयोजना गर्दैछ ।
  • कोलकातामा सन् १९९७ देखि भानुजयन्ती मनाउन थालिएको हो ।
  • कोलकाताको अलिपुर रोडलाई सन् २००७ देखि ‘भानुभक्त सरणी’ नामकरण गरिएको छ ।

नेपाली जनकल्याण समिति कोलकाताले यस वर्षको २०६ औँ भानुजयन्ती पूर्वप्रधानमन्त्री तथा साहित्यकार लोकेन्द्रबहादुर चन्दको प्रमुख आतिथ्यतामा आयोजना गर्दैछ । कोलकातामा सन् १९९७ देखि भानुजयन्ती मनाउन थालिएको हो । कोलकाताको अलिपुर रोडलाई सन् २००७ देखि ‘भानुभक्त सरणी’ नामकरण गरिएको छ ।

यही साउन १२ गते कोलकाता हावडा मैदानमा हुने कार्यक्रममा कोलकातास्थित नेपाली महावाणिज्यदूत एकनारायण अर्याल, संहिताशास्त्री अर्जुनप्रसाद बास्तोला, प्राज्ञ प्रा डा हेमनाथ पौडेल र डा देवी नेपाल, धर्मराज बराल, रामप्रसाद पन्त, डा डिपी अर्याल, प्रदीप खनाल, ऋषभदेव घिमिरे, गोपीकृष्ण ढुङ्गाना, कुमार मगर, पुष्पराज पराजुली, सहदेव कोइरालासमेतको सहभागिता रहने छ ।

कार्यक्रममा प्राज्ञ प्रा डा पौडेलले भानुभक्तको कवित्वबारे गोष्ठीपत्र प्रस्तुत गर्नुहुनेछ भने प्राज्ञ डा नेपालले कविता कार्यशाला चलाउनुहुनेछ । भारत पश्चिम बङ्गाल राज्यका सहकारीमन्त्री अरुप रायको आतिथ्यता पनि रहने कार्यक्रममा कविता वाचन, विविध नेपाली सांस्कृतिक कार्यक्रममा साथै साहित्यिक पत्रिका ‘बिहानी’ पत्रिकाको २० औँ अङ्क पनि विमोचन हुने समितिका सभापति बद्रीविक्रम थापाले जानकारी दिनुभयो । रासस

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?