गायिका गायिका आस्था राउतद्वारा प्रहरीमा आत्मसमर्पण

Shikharkhabar Shikharkhabar
|
सोमबार, माघ १३, २०७६
|
|
१७ पटक हेरिएको
Shares
गायिका गायिका आस्था राउतद्वारा प्रहरीमा आत्मसमर्पण

सारांश

  • काठमाडाैं।
  • गायिका आस्था राउत सोमबार बिहान आफैं महानगरीय प्रहरी परिसर टेकुमा उपस्थित भएकी छन्।
  • परिसर प्रवक्ता होबिन्द्र बोगटीका अनुसार गायिका राउत बिहानै टेकु पुगेपछि थप प्रक्रिया अगाडि बढाउनका लागि उनको आफन्तलाई पनि टेकु बोलाइएको छ।

काठमाडाैं। गायिका आस्था राउत सोमबार बिहान आफैं महानगरीय प्रहरी परिसर टेकुमा उपस्थित भएकी छन्। परिसर प्रवक्ता होबिन्द्र बोगटीका अनुसार गायिका राउत बिहानै टेकु पुगेपछि थप प्रक्रिया अगाडि बढाउनका लागि उनको आफन्तलाई पनि टेकु बोलाइएको छ।

काठमाडौं जिल्ला प्रशासन कार्यालयले गायिका राउतविरुद्ध माघ ५ गते पक्राउ पुर्जी जारी गरेको छ । मुलुकी अपराध (संहिता) ऐन २०७४ को दफा १ सय १८ अनुसार अभद्र व्यवहार कसूरमा राउतविरुद्ध आइतबार पक्राउ पुर्जी जारी भएको हो।

प्रशासनले पक्राउ पुर्जी जारी गरेसँगै कानुनअनुसार राउत प्रहरीको फरार सूचीमा परेकी थिइन् । उनले आफू सांस्कृतिक कार्यक्रममा भारतको सिक्किममा रहेको र फर्कनेबित्तिकै प्रहरीलाई घटनाबारे जानकारी दिने बताएकी थिइन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तपाईंले छुटाउनुभयो कि?