मूल्यवृद्धि फिर्ता लिन निर्माण सामग्री महासंघको माग

Shikharkhabar Shikharkhabar
|
बिहिबार, पौष २७, २०७४
|
|
२५ पटक हेरिएको
Shares
मूल्यवृद्धि फिर्ता लिन निर्माण सामग्री महासंघको माग

सारांश

  • काठमाडौं,२७, पुस नेपाल निर्माण व्यवसायी महासंघले अर्थमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीलाई भेट गरी इन्धन, फलाम, सिमेन्ट, गिटी, बालुवा लगायतका निर्माण सामग्रीमा भएको मूल्यवृद्धि फिर्ता गराउन आग्रह गरेको छ ।
  •   महासंघका अध्यक्ष विष्णुभाइ श्रेष्ठको नेतृत्वमा गएको टोलीले निर्माण सामग्रीको मूल्य बढेर निर्माण व्यवसायी र जनता मारमा परेको भन्दै मूल्यवृद्धि फिर्ताको माग गरेको हो ।
  • निर्माण सामग्रीको मूल्य बढेसँगै देशको अर्थतन्त्रमा समस्या पर्ने भन्दै अविलम्ब विनाशर्त फिर्ता लिन मन्त्रीलाई महासंघले आग्रह गरेको थियो ।

काठमाडौं,२७, पुस
नेपाल निर्माण व्यवसायी महासंघले अर्थमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीलाई भेट गरी इन्धन, फलाम, सिमेन्ट, गिटी, बालुवा लगायतका निर्माण सामग्रीमा भएको मूल्यवृद्धि फिर्ता गराउन आग्रह गरेको छ ।

 

महासंघका अध्यक्ष विष्णुभाइ श्रेष्ठको नेतृत्वमा गएको टोलीले निर्माण सामग्रीको मूल्य बढेर निर्माण व्यवसायी र जनता मारमा परेको भन्दै मूल्यवृद्धि फिर्ताको माग गरेको हो ।

निर्माण सामग्रीको मूल्य बढेसँगै देशको अर्थतन्त्रमा समस्या पर्ने भन्दै अविलम्ब विनाशर्त फिर्ता लिन मन्त्रीलाई महासंघले आग्रह गरेको थियो ।

 

व्यवसायीले सडक विभाग अन्तर्गतका सडक आयोजना समयमै सम्पन्न गरे तापनि बजेट निकासा नभएको र व्यवसायी ठूलो आर्थिक समस्यामा परेको भन्दै समयमा बजेट निकासा गर्न मन्त्री समक्ष आग्रह गरेका थिए ।

 

भेटमा स्थानीय तहमा बजेट बाँडफाँड गर्दा माथिल्लो तहमा रकमको कमी भएर निकासामा ढिलाइ भएकोले प्रक्रिया मिलाएर तत्काल भुक्तानी गर्ने वातावरण निर्माण गर्ने विषयमा सरकार गम्भीर रहेको अर्थमन्त्रीको भनार्इ उद्धृत गर्दै भेटमा सहभागी महासचिव रामशरण देउजाले जानकारी दिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?