३३० तहको मतपरिणाम घोषणाः चार तह आउन बाँकी

Shikharkhabar Shikharkhabar
|
शनिबार, आषाढ २४, २०७४
|
|
२५ पटक हेरिएको
Shares
३३० तहको मतपरिणाम घोषणाः चार तह आउन बाँकी

सारांश

  • काठमाडौँ : दोस्रो चरणमा असार १४ गते भएको निर्वाचनको हालसम्म ३ सय ३० स्थानीय तहको मतपरिणाम घोषणा भएको छ।
  • निर्वाचन आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माका अनुसार, हालसम्म ३१ जिल्लाका सबै स्थानीय तहको मतगणना कार्य पूरा भएको छ।
  • अहिले चार जिल्लाका चार स्थानीय तहमा मतगणना जारी रहेको छ।

काठमाडौँ : दोस्रो चरणमा असार १४ गते भएको निर्वाचनको हालसम्म ३ सय ३० स्थानीय तहको मतपरिणाम घोषणा भएको छ।

निर्वाचन आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माका अनुसार, हालसम्म ३१ जिल्लाका सबै स्थानीय तहको मतगणना कार्य पूरा भएको छ। अहिले चार जिल्लाका चार स्थानीय तहमा मतगणना जारी रहेको छ।

देशका १, ५ र ७ नम्बर प्रदेशका ३५ जिल्लाका ३३४ स्थानीय तहका लागि दोस्रो चरणमा निर्वाचन भएको थियो। पछिल्लो मतगणनाअनुसार, नेकपा एमाले १४८, नेपाली काँग्रेस १२१, नेकपा (माओवादी केन्द्र) ३८, सङ्घीय समाजवादी फोरम ८, नेपाल लोकतान्त्रिक फोरम नेपाल ६, राप्रपाका ४ र राष्ट्रिय जनमोर्चाका दुईजना उम्मेदवार प्रमुख÷अध्यक्ष पदमा विजयी हुनुभएको छ।

त्यस्तै तीनजना स्वतन्त्र उम्मेदवार पनि प्रमुख÷अध्यक्ष पदमा विजयी हुनुभएको आयोगले जनाएको छ।

दोस्रो चरणको निर्वाचनको हालसम्म घोषित स्थानीय तहको परिणाममध्ये प्रमुख÷अध्यक्षमा पदमा नेकपा एमालेले सबै भन्दा धेरै अर्थात ४४.८ प्रतिशतमा पदमा विजयी हासिल गरेको छ भने नेपाली काँग्रेसले ३६.७ र माओवादी केन्द्रले ११.५ प्रतिशत पद जितेका छन्।

निर्वाचन आयोगमा रहेको संयुक्त निर्वाचन परिचालन केन्द्र (जेइओसी) का अनुसार प्रदेश नम्बर-१ का १३४, प्रदेश नम्बर ५ का १०९ र प्रदेश नम्बर ७ को ८७ स्थानीय तहको अन्तिम मतपरिणाम घोषणा भइसकेको छ।

उपप्रमुख एवम् उपाध्यक्षमा नेकपा एमाले १७२, नेपाली का‌ग्रेस १०३, नेकपा माओवादी केन्द्र ३८, सङ्घीय समाजवादी फोरम नेपाल ७, नेपाल लोकतान्त्रिक फोरम ६, राष्ट्रिय जनमोर्चा २, राप्रपाका दुईजना उम्मेदवार विजयी हुनुभएको आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले बताउनुभयो।

झापाको अर्जुनधारा नगरपालिका, मोरङको विराटनगर महानगरपालिका, सुनसरीको धरान उपमहानगरपालिका र पुनर्वास नगरपालिकामा मतगणना भइरहेको छ।

दोस्रोचरणको स्थानीय तहको ३३४ स्थानीय तहबाट १५ हजार ३८ जनप्रतिनिधिको चयन हुने छन्। यस निर्वाचनमा ४७ लाख ४० हजार ५२२ मत खसेको थियो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?