कास्कीमा थापाले जाेगाए कांग्रेसकाे साख
सारांश
- कास्कीमा कांग्रेसका तर्फबाट क्षेत्र नम्बर २ प्रदेश ‘ख’ बाट उम्मेदबार बनेका बिन्दुकुमार थापा बिजयी भएका छन् ।
- यद्पी, निर्वाचन आयोगले घोषणा गर्न बाँकी छ ।
- थापा कास्कीमा पहिलो विजयी उम्मेदबार समेत बने ।
कास्कीमा कांग्रेसका तर्फबाट क्षेत्र नम्बर २ प्रदेश ‘ख’ बाट उम्मेदबार बनेका बिन्दुकुमार थापा बिजयी भएका छन् । यद्पी, निर्वाचन आयोगले घोषणा गर्न बाँकी छ । थापा कास्कीमा पहिलो विजयी उम्मेदबार समेत बने ।
सो क्षेत्रमा रहेका ३३ हजार ८ मतदाता मध्ये २३ हजार ५ सय ५० जनाले मतदान गरेकामा विजयी थापाले १० हजार ७ सय २६ मत ल्याए । उनका निकटतम प्रतिद्धन्दि वाम गठबन्धका राजकाजी गुरुङलाई ८ सय २ मतले थापाले पछि पारे । गुरुङले ९ हजार ९ सय २४ मत ल्याएका थिए । कास्कीका प्रतिनिधि सभाका ३ र प्रदेश सभाका ६ गरि ९ क्षेत्र मध्ये बाँकी ८ स्थानमा वामगठबन्धका उम्मेदबारले अग्रता लिएका छन् ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया