एक वर्षमा १६ हजारभन्दा बढी भ्रष्टाचारसम्बन्धी उजुरी, १ सय ३१ वटा मुद्दा दायर

Shikharkhabar Shikharkhabar
|
बिहिबार, आश्विन ६, २०७९
|
|
२५ पटक हेरिएको
Shares
एक वर्षमा १६ हजारभन्दा बढी भ्रष्टाचारसम्बन्धी उजुरी, १ सय ३१ वटा मुद्दा दायर

सारांश

  • काठमाण्डौ ।
  • अख्तियार दुरुपयोग अनुसन्धानले आयोगले अघिल्लो आर्थिक बर्षमा ७० दलमलव ६ प्रतिशत उजुरी फछर्यौट भएको जनाएको छ ।
  • अखितयारले बुधबार वार्षिक प्रगति प्रतिवेदन सार्वजनिक गर्दै २४ हजार ३ सय ३१ कुल उजुरी मध्ये १७ हजार १ सय ६९ अर्थात ७० दलमलव ६ प्रतिशत उजुरी फछर्यौट भएको जनाएको हो ।

काठमाण्डौ । अख्तियार दुरुपयोग अनुसन्धानले आयोगले अघिल्लो आर्थिक बर्षमा ७० दलमलव ६ प्रतिशत उजुरी फछर्यौट भएको जनाएको छ ।

अखितयारले बुधबार वार्षिक प्रगति प्रतिवेदन सार्वजनिक गर्दै २४ हजार ३ सय ३१ कुल उजुरी मध्ये १७ हजार १ सय ६९ अर्थात ७० दलमलव ६ प्रतिशत उजुरी फछर्यौट भएको जनाएको हो ।

जस अनुसार प्रारम्भीक छानविनबाट तामेली ५ हजार ३ सय २, सुझाव सहित तामेली ४ सय ७४, बिस्तृत अनुस्न्धान गर्ने निर्णय भएको ८ सय २३ र अन्य आवश्यक कारावही भएको उजुरीको संख्या १० हजार ५ सय ७० रहेको अख्तियारले जनाएको छ ।

अख्तियारका अनुसार भ्रष्टचारसम्बन्धी सवैभन्दा बढि उजुरी मधेश प्रदेशमा रहेको छ भने सवै भन्दा कम गण्डकी प्रदेशमा रहेको अख्तियारका प्रवक्ता श्याम प्रसाद भण्डारीले जानकारी दिए । त्यस्तै सबैभन्दा बढी मुद्धा सार्वजनिक सम्पत्तिको हानिनोक्सानी सम्बन्धी रहेको अख्तियारले जनाएको छ ।

अख्तियारले बुधबार नै बार्षिक प्रतिवेदन राष्ट्रपति समक्ष पेश गरेको छ ।

(https://www.disabilityhelpcenter.org)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?