यी कलाकारलाई जापानले विमानस्थलबाटै नेपाल फर्काइ दियो
सारांश
- टोक्यो।
- कार्यक्रममा सहभागी हुन जापान पुगेका हाँस्यकलाकार उमेश राई ‘फुलन्देकी आमा’ र लोकगायिका सबिना गुरुङलाई जापानको विमानस्थलबाटै नेपाल फर्काइएको छ ।
- कार्यक्रमको लागि जापान पुगेका उनीहरुलाई अध्यागमन विभागले त्रुटि देखाउदै बिमानस्थलबाट नेपाल फर्काएको छ ।
टोक्यो। कार्यक्रममा सहभागी हुन जापान पुगेका हाँस्यकलाकार उमेश राई ‘फुलन्देकी आमा’ र लोकगायिका सबिना गुरुङलाई जापानको विमानस्थलबाटै नेपाल फर्काइएको छ । कार्यक्रमको लागि जापान पुगेका उनीहरुलाई अध्यागमन विभागले त्रुटि देखाउदै बिमानस्थलबाट नेपाल फर्काएको छ ।

साथीहरु भन्छन् ‘गोविन्दालाई पागलपनले सताएको छ ’
९० को दशकका नम्बर वन हिरो गोविन्दाले केही समयअघि एक अन्तरवार्तामा आफूलाई हलिउडको ब्लकबस्टर फिल्म अवतारको अफर आएको दावी गरेका थिए । गोविन्दाले आफूलाई अफर आए पनि अवतारमा काम गर्न अवीकार गरेको बताएका थिए । यसका साथै गोविन्दाले संजय लीला भंसालीको देवदामा पनि आफूलाई चुन्नी लालको रोलको अफर आएको थियो ।
गोविन्दाले यी कुरा भनेपछि सामाजिक संजालमा उनको खिल्ली उडाइएको थियो । तर, अहिले गाविन्दाको बारेमा नयाँ खुलासा भएको छ जसले उनका फ्यानलाई झट्का दिन सक्छ । डेक्कन क्रोनिकललाई दिएको एक अन्तरवार्तामा गोविन्दाका एक नजिकका साथीले गोविन्दालाई मानसिक रोग भएको खुलासा गरेका छन् । उनले गोविन्दाले गरेका दावीहरु पनि पागलपनमै गरेको दावी गरे ।
उनले भने ‘गोविन्दा लामो समयदेखि अनौठो व्यवहार गरिरहेका छन् । ठूलो अफर अस्वीकार गरेको दावी गर्नु गोविन्दाको बानीजस्तै भइसकेको छ । यो नकारात्मक कुराले उनलाई बक्स अफिससम्म पच्छ्याइरहेको छ ।’ गोविन्दाका कैयौं साथीहरुले उनलाई मानसिक रोग भएको मानेका छन् र उनलाई सहयोगको ठूलो आवश्यकता भएको ठान्छन् । ती साथीले अगाडि भने ‘कैयौं वितरक र प्रदर्शकले गोविन्दाको पछिल्लो फिल्म रंगीला राजा लिन मानेनन् किनकि गोविन्दाले उनीहरुसँग झगडा गरे र गाली गरे ।
साथीका अनुसार गोविन्दाले सबै साथीहरुसँगको सम्बनध बिगारेका छन् । आज फिल्म उद्योगमा गोविन्दाको कोही साथी छैन र कोही उनलाई सहयोग गर्न पनि तयार छैन । गोविन्दाले केही दिनअघि टिभी शो आपकी अदालतमा निर्देशक जेम्स क्यामरुनलाई फिल्मको नाम अवतार राख्न आफूले सुझाव दिएको दावी गरेका थिए । यो फिल्म सुपरहिट भएको थियो ।
प्रतिक्रिया