‘राजा आउ, देश बचाउ’ भन्दै काठमाडौंमा प्रदर्शन

Shikharkhabar Shikharkhabar
|
बुधबार, आषाढ २४, २०७७
|
|
३४ पटक हेरिएको
Shares
‘राजा आउ, देश बचाउ’ भन्दै काठमाडौंमा प्रदर्शन

सारांश

  • काठमाडौं २४ असार ।
  • पूर्वराजा ज्ञानेन्द्र शाहको जन्मोत्सवको अवसरमा राजावादीका विभिन्न संघ–संस्थाहरुले सरकारको चर्को विरोध प्रदर्शन गरेका छन् ।
  • उनीहरु गणतन्त्र मुर्दावाद, भ्रष्टाचारी सरकार राजीनामा दे, राजा आऊ देश बचाउजस्ता नारा लगाउँदै प्रदर्शनमा उत्रिएका थिए ।

काठमाडौं २४ असार । पूर्वराजा ज्ञानेन्द्र शाहको जन्मोत्सवको अवसरमा राजावादीका विभिन्न संघ–संस्थाहरुले सरकारको चर्को विरोध प्रदर्शन गरेका छन् । उनीहरु गणतन्त्र मुर्दावाद, भ्रष्टाचारी सरकार राजीनामा दे, राजा आऊ देश बचाउजस्ता नारा लगाउँदै प्रदर्शनमा उत्रिएका थिए ।

डिल्लीबजारको भोजनगृहबाट सुरु गरिएको विरोध प्रदर्शनमा प्रदर्शकारीहरुले पूर्व राजा–रानीको तस्विर र जहाँ सिङ्गा नेपाल हुन्छ, त्यहाँ राजा–रानी हुन्छ भन्ने श्लोगन लेखिएका टि–सर्ट लगाएका थिए । विरोध र्याली पुतलीसडक, रत्नपार्क, भद्रकाली, सुन्धारा हुँदै शान्तिबाटिकामा आएर सभामा परिणत भएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?