बिश्वकप अायोजना गर्दा के के फाईदा हुन्छ रसियालाई ?

Shikharkhabar Shikharkhabar
|
मंगलबार, आषाढ ५, २०७५
|
|
५८ पटक हेरिएको
Shares
बिश्वकप अायोजना गर्दा के के फाईदा हुन्छ  रसियालाई ?

सारांश

  • रसियन अधिकारीहरूले विश्वकपले राष्ट्रिय अर्थतन्त्रमा २६ देखि ३१ अर्ब डलर योगदान गर्ने बताएका छन्।
  • विश्वकप सबैभन्दा चर्चित र सबैभन्दा महँगो फुटबल प्रतियोगिता हो ।
  • फिफा यो प्रतियोगिताको आयोजक हो ।

रसियन अधिकारीहरूले विश्वकपले राष्ट्रिय अर्थतन्त्रमा २६ देखि ३१ अर्ब डलर योगदान गर्ने बताएका छन्।

विश्वकप सबैभन्दा चर्चित र सबैभन्दा महँगो फुटबल प्रतियोगिता हो । फिफा यो प्रतियोगिताको आयोजक हो । फिफा विश्वभरका फुटबल संघको छाता संगठन हो । फिफाले हरेक चार वर्षमा विश्वकप फुटबल आयोजना गर्दै आएको छ । प्रत्येक पटकको विश्वकपबाट फिफाले अर्बौं डलर आम्दानी गरेको छ । विश्वकप आयोजनाका लागि फिफाले आयोजक राष्ट्रलाई १० अर्ब डलर भन्दा बढी उपलब्ध गराउँदै आएको छ ।

२०१८ मा रसियाका ११ सहरमा ३२ राष्ट्रले खेल्नेछन् र विजेता जुलाई १५ मा टुंगो लाग्नेछ । रसियाले विश्वकपका लागि आवश्यक पूर्वाधार निर्माण र मर्मतका लागि ११.८ मिलियन डलर खर्च गरेको एसए टुडेले जनाएको छ ।

खर्च भएको उक्त रकममध्ये रसियाले ७० प्रतिशत सार्वजनिक लगानीमार्फत जुटाएको हो । फिफाका अनुसार पुरस्कारका लागि ४ सय मिलियन डलर खर्च हुनेछ । सहभागि ३२ टोलीले ८ मिलियन पाउँदा विजेताले ३८ मिलियन डलर पाउँछ ।

२०१४ को विश्वकपबाट ४.८ अर्ब डलर आम्दानी गरेको थियो । उक्त आम्दानीबाट फिफालाई २.६ अर्ब डलर नाफा भएको थियो । विश्वकपको प्रत्यक्ष प्रसाणबाट मात्र २ अर्ब ४३ करोड डलर आम्दानी भएको थियो । प्रायोजक र टिकट बिक्रीबाट क्रमशः १ अर्ब ६० करोड डलर र ५२७ मिलियन आम्दानी गरेको थियो ।

२०१८ को विश्वकपबाट फिफाले करिब ६ अर्ब डलर आम्दानी गर्ने अनुमान गरिएको छ । यो २०१४ को तुलनमा २५ प्रतिशत बढी हो । यो विश्वकप ३ अर्ब २० करोड मानिसले हेर्ने अनुमान गरिएकोे छ । प्रत्यक्ष प्रसारणतर्फको आम्दानी यो पटक बढेर ३ अर्ब डलर पुग्ने अनुमान गरिएको छ ।आयोजक राष्ट्रको लागत कति ?
आयोजक राष्ट्रले विश्वकप स्वतः खेल्न पाउँछ । विश्वकप खेल्न आयोजक राष्ट्र स्वत छनोट त हुन्छ, तर त्यसका लागि पूर्वाधार तथा व्यवस्थापनका लागि ठूलो लगानी गरेको हुन्छ । जसका कारण आयोजक देशको राष्ट्रिय अर्थतन्त्र चलायमान हुने गरेको छ ।
विश्वकप आयोजनाका लागि देशहरूले फिफा समक्ष आवेदन दिनुपर्छ जसमा फिफाले कर छुटको सुविधा पनि अपेक्षा राख्छ । जर्मनीले सन् २००६ मा विश्वकप आयोजना गर्दा फिफालाई २७ करोड ८० लाख डलर कर छुटको अफर गरेको थियो ।
ब्राजिलले २०१४ को विश्वकपका लागि स्डेडियम र यातायात पूर्वाधार निर्माणमा मात्र करिब १५ अर्ब डलर खर्च गरेको थियो । ब्राजिलले बनाएको सबैभन्दा महँगो स्टेडियम माने ग्रिन्चा हो । जसका लागि ५५० मिलियन डलर खर्च गरिएको थियो ।

रसियाले शितकालिन ओलम्पिकमा ५१ अर्ब डलर खर्च नगरे पनि विश्वकपका क्रममा अहिलेसम्मको खर्च १२ अर्ब डलर नाघिसकेको छ । रसियाले २०१८ को विश्वकप आयोजना गर्न ५१ अर्ब डलर भन्दा कम गर्ने अनुमान गरिएको छ ।

रुसका पूर्व उपप्रधानमन्त्री अर्कडी डोरोकोभिचले विश्वकप तयारीका क्रममा मात्रै देशको जिडीपीमा १४ अर्ब डलर योगदान पुगेको दाबी गरेका छन् ।

यो रुसको कुल जिडीपीको १ प्रतिशत हो । जसले २ लाख २० हजार रोजगारी सिर्जना गरेको छ । विश्वकपले क्षेत्रगत रुपमा के–कति योगदान पुयााएको छ भन्ने नखुलेकाले आलोचकहरूले रुसी अधिकारीहरूको आलोचना गरेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आज राति नारायणगढ-मुग्लिन सडकमा गाडी चलाउन रोक
आज राति नारायणगढ-मुग्लिन सडकमा गाडी चलाउन रोक
मन्त्रिमण्डल यसै साता पुनर्गठन हुने, को रहने भए र को को जाने भए ?
मन्त्रिमण्डल यसै साता पुनर्गठन हुने, को रहने भए र को को जाने भए ?
पाँच लाख खोप लिन पाकिस्तानको विशेष विमान चीनतर्फ
पाँच लाख खोप लिन पाकिस्तानको विशेष विमान चीनतर्फ
एमाले र नेकपा माओवादी केन्द्रबीच राजनीतिक ढंगको गठबन्धन भएन: महासचिव मैनाली
एमाले र नेकपा माओवादी केन्द्रबीच राजनीतिक ढंगको गठबन्धन भएन: महासचिव मैनाली
प्रधानमन्त्री पदमा शेरबहादुर देउवाकाे दाबी
प्रधानमन्त्री पदमा शेरबहादुर देउवाकाे दाबी
बारा-२ को पछिल्लो मतपरिणाम सार्वजनिक : कसको मत कति ?
बारा-२ को पछिल्लो मतपरिणाम सार्वजनिक : कसको मत कति ?
कतार नेपाली एकता समाजको अध्यक्षमा हेमन्त वाइबा
कतार नेपाली एकता समाजको अध्यक्षमा हेमन्त वाइबा
ढाडै सेक्ने कर बृद्धिको विरोधमा सत्तारुढ दलकै कार्यकर्ता उत्रिए आन्दोलनमा
ढाडै सेक्ने कर बृद्धिको विरोधमा सत्तारुढ दलकै कार्यकर्ता उत्रिए आन्दोलनमा
ढुंगाले टाउकोमा हानेर मारेपछि पानी खुवाउने यी कस्ता श्रीमान ?
ढुंगाले टाउकोमा हानेर मारेपछि पानी खुवाउने यी कस्ता श्रीमान ?
क्यालिब्रेसन फ्लाइटको असरः अन्य उडान भद्रगोल, कतार एयरले लगायो आकाशमै १७ फन्का
क्यालिब्रेसन फ्लाइटको असरः अन्य उडान भद्रगोल, कतार एयरले लगायो आकाशमै १७ फन्का