पिरतीको परिभाषा…

Shikharkhabar Shikharkhabar
|
बिहिबार, मंसिर ९, २०७३
|
|
१६५ पटक हेरिएको
Shares
पिरतीको  परिभाषा…

सारांश

सानो सानो जमघटमा कोहि भेटिन्छ
माया लाउने ठूलो तिर्खा त्यही मेटिन्छ

घरीघरी छेउमा आइ मुस्कुराउदै बोल्दा
लुकि लुकि हेरि सधै मेरो मन चोर्दा
जता हेर्यो जहाँ हेर्यो उहीँ पो देखिन्छ
जिन्दगीको जिउने बाटो त्यही फेरिन्छ

सङ्गीतको माहौलमा उसकै छ खोजि
लगेको छ यो मन मेरो उसैले नै बोकी
नमेटिने गरि मनमा खै के ले लेखिन्छ
पिरतीको परिभाषा त्यही नै भेटिन्छ

प्रेम राई “परीक्षीत”
उदयपुर

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?