इलाम र सिराहामा धारिलो हतियार प्रहारबाट मृत्यु

Shikharkhabar Shikharkhabar
|
मंगलबार, आश्विन २४, २०७४
|
|
२९ पटक हेरिएको
Shares
इलाम र सिराहामा धारिलो हतियार प्रहारबाट मृत्यु

सारांश

  • काठमाडौँ , २४ असोज इलाम ः चुलाचुली गाउँपालिका–१ बस्ने १९ बर्षीय सन्दिप फागोको धारिलो हतियार प्रहारबाट मृत्यु भएको छ ।
  • फागोलाई गएराति अपरिचित समुहले घाँटी र दाँया हातमा धारिलो हतियार प्रहार गरी हत्या गरेको बताइएको छ ।
  • घटनाका शंकास्पद सोही ठाउँ बस्ने २४ बर्षीय सुमन बिष्ट सहित ३ जनालाई प्रहरीले नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान गरिरहेको छ ।

काठमाडौँ , २४ असोज
इलाम ः चुलाचुली गाउँपालिका–१ बस्ने १९ बर्षीय सन्दिप फागोको धारिलो हतियार प्रहारबाट मृत्यु भएको छ ।
फागोलाई गएराति अपरिचित समुहले घाँटी र दाँया हातमा धारिलो हतियार प्रहार गरी हत्या गरेको बताइएको छ । घटनाका शंकास्पद सोही ठाउँ बस्ने २४ बर्षीय सुमन बिष्ट सहित ३ जनालाई प्रहरीले नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान गरिरहेको छ ।
सिराहा ः कर्जन्हा नगरपालिका–१० प्रयागपुर बस्ने ३६ बर्षीय शशिभुषण साहको धारिलो हतियार प्रहारबाट मृत्यु भएको छ । सोमबार बेलुका घरको भुई तलामा सुतेको अवस्थामा अपरिचित समूहले घाँटीमा धारिलो हतियार प्रहार गरी उनको हत्या गरेका थिए ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?