दुध बोकेको ट्यांकर त्रिशूलीमा खस्योः दुईको मृत्यु

Shikharkhabar Shikharkhabar
|
बिहिबार, माघ २५, २०७४
|
|
२५ पटक हेरिएको
Shares
दुध बोकेको ट्यांकर त्रिशूलीमा खस्योः  दुईको मृत्यु

सारांश

  • धादिङ, माघ २५ ।
  • दुध बोक्ने ट्यांकर त्रिशूली नदीमा खस्दा दुई जनाको मृत्यु भएको छ ।
  • नारायणगढ मुग्लिन सडकअन्तर्गत भरतपुर महानगरपालिका २९ स्थित गाईघाटमा बिहिबार बिहान साढे ५ बजे कन्टेनरसँग ठोकिएको ट्याङ्कर त्रिशूलीमा खसेको थियो ।

धादिङ, माघ २५ । दुध बोक्ने ट्यांकर त्रिशूली नदीमा खस्दा दुई जनाको मृत्यु भएको छ । नारायणगढ मुग्लिन सडकअन्तर्गत भरतपुर महानगरपालिका २९ स्थित गाईघाटमा बिहिबार बिहान साढे ५ बजे कन्टेनरसँग ठोकिएको ट्याङ्कर त्रिशूलीमा खसेको थियो ।

नारायणगढबाट पोखरा जाँदै गरेको बा ४ ख ६९५३ नम्बरको दुध बोकेको ट्यांकरलाई विपरीत दिशाबाट आएको ना ७ ख ४३१४ नम्बरको कन्टेनरले ठक्कर दिएको प्रहरीले जनाएको छ ।

ट्यांकर सडकबाट एक सय मिटर तल त्रिशूली नदीमा खसेको चितवन प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा ट्यांकर चालक र सहचालक छन् । चालक नवलपरासीका सन्तकुमार कुमालको सनाखत भए पनि सहचालकको हुन नसकेको प्रहरीले जनाएको छ ।

सशस्त्र प्रहरी, जनपथ प्रहरी र स्थानीयको सहयोगमा शव निकालिएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?