सिद्धार्थ बैंकका ग्राहकहरुलाई विराटनगरको ह्यारिसन प्यालेसमा विशेष छुट
सारांश
- काठमाडौ ।
- सिद्घार्थ बैंक लिमिटेड र विराटनगर स्थित ह्यारिसन प्यालेस बीच बैंकका ग्राहक महानुभावहरुलाई विभिन्न सेवामा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ ।
- उक्त सम्झौता पत्रमा सिद्धार्थ बैंकका तर्फबाट प्रदेश १ प्रमुख श्री कमल बस्नेत तथा ह्यारिसन प्यालेसका तर्फबाट निर्देशक श्रीमती शोभाना दुगरले हस्ताक्षर गर्नुभएको छ ।
काठमाडौ । सिद्घार्थ बैंक लिमिटेड र विराटनगर स्थित ह्यारिसन प्यालेस बीच बैंकका ग्राहक महानुभावहरुलाई विभिन्न सेवामा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ । उक्त सम्झौता पत्रमा सिद्धार्थ बैंकका तर्फबाट प्रदेश १ प्रमुख श्री कमल बस्नेत तथा ह्यारिसन प्यालेसका तर्फबाट निर्देशक श्रीमती शोभाना दुगरले हस्ताक्षर गर्नुभएको छ ।
उक्त सम्झौता अनुसार बैंकका ग्राहकहरुले ह्यारिसन प्यालेसमा सिद्घार्थ बैंकको डेबिट, क्रेडिट तथा प्रिपेड कार्ड, मोबाईल बैैंकिङ्ग, इन्टरनेट बैैंकिङ्ग मार्पmत होटल बसाई सेवाको भुक्तानी गर्दा २०५ सम्मको छुट र खानाको भुक्तानी गर्दा १५५ सम्मको छुट प्राप्त गर्न सक्नुहुनेछ । यस सुविधाले ग्राहकहरुलाई छुटको सुविधा उपलब्ध हुनुका साथै नगद कारोबारबाट डिजिल कारोबारमा जान उत्प्रेरित गर्ने विश्वास बैंकले लिएको छ ।
बैंकले ग्राहकहरुलाई डिजिटल बैंकिङ्ग माध्यमतर्फ प्रोत्साहन गर्न समय समयमा ग्राहकमैत्री सुविधाहरु सञ्चालनमा ल्याउँदै आएको छ । ग्राहकमैत्री प्रविधिहरु भित्राउने क्रममा बैंकले विभिन्न डिजिटल बैंकिङ्ग सेवाहरु जस्तै अनलाईनबाटै बचत, मुद्दती र डिम्याट खाता खोल्न सकिने, डेबिट र क्रेडिट कार्डका लागि आवेदन दिन सकिने जस्ता सुविधाहरु आफ्नो वेबसाइटमा रहेको EasyBank Portal मार्फत प्रदान गर्दै आएको छ
(Valium)
प्रतिक्रिया