सुकीले पाएको पदक खोसियो , अक्सफोर्डले पनि उनको तस्बिर हटायो

Shikharkhabar Shikharkhabar
|
मंगलबार, मंसिर १२, २०७४
|
|
२१ पटक हेरिएको
Shares
सुकीले पाएको पदक खोसियो , अक्सफोर्डले पनि उनको तस्बिर हटायो

सारांश

  • काठमाडौं ,मंसिर १२ मंगलवार   नोवेल शान्ति पुरस्कार विजेता आङसाङ सुकीले पाएको एउटा पदक खोसिएको छ।
  • लोकतन्त्रका लागि लामो संघर्ष गरेबापत् सन् १९९७ मा उनलाई ‘फ्रिडम अफ द सिटी’ पदक प्रदान गरिएको थियो।
  • यो पदक वितरण गर्ने अक्सफोर्ड सिटी काउन्सिलले भनेको छ, हिंसाप्रति आँखा चिम्लनेलाई ऊ सम्मान गर्न चाहँदैन।

काठमाडौं ,मंसिर १२ मंगलवार   नोवेल शान्ति पुरस्कार विजेता आङसाङ सुकीले पाएको एउटा पदक खोसिएको छ।

लोकतन्त्रका लागि लामो संघर्ष गरेबापत् सन् १९९७ मा उनलाई ‘फ्रिडम अफ द सिटी’ पदक प्रदान गरिएको थियो। यो पदक वितरण गर्ने अक्सफोर्ड सिटी काउन्सिलले भनेको छ, हिंसाप्रति आँखा चिम्लनेलाई ऊ सम्मान गर्न चाहँदैन। सुकी हाल म्यानमारका विदेशमन्त्री एवम् स्टेट काउन्सेलर छन्।

म्यानमारमा गएको अगस्ट २५ देखि सुरु भएका हिंसात्मक घटनामा रोहिंग्या समुदायका मानिसहरू मारिँदा पनि उनी चुप बसेपछि एम्नेस्टी इन्टरनेसनलसहितका अन्तर्राष्ट्रिय संस्थाहरूले उनको आलोचना गरेका थिए।

मुलुकको विदेशमन्त्री मात्र नभएर विश्वमै सुपरिचित प्रजातन्त्रवादी नेत्री तथा नोवेल शान्ति पुरस्कार विजेताजस्तो व्यक्ति देशको शासन सत्तामा रहेका बेला आफ्नै देशबाट यसरी नागरिक लखेटिएर शरणार्थीका रुपमा विदेशमा बस्नुपर्ने अवस्था आएको भन्दै उनको आलोचना भएको हो।

हिंसात्मक घटनाहरूमा ज्यान जोगाउन पाँच लाखभन्दा बढी अल्पसंख्यक रोहिंग्या मुसलमानहरू म्यानमारबाट भागेर बंगलादेशसहित दक्षिण एसियाका विभिन्न मुलुक पुगेका छन्। हिंसामा सयौँले ज्यान गुमाएका छन् भने कयौँ अंगभंग भएका छन्।

सुकीको पदक खोस्ने प्रस्ताव काउन्सिलमा लैजाने म्यारी क्लेर्कसनले भनेकी छन्- ‘अक्सफोर्डसँग विविधता र मानवताको सहर भएको परम्परा छ। हिंसाप्रति आँखा चिम्लनेहरूलाई सम्मान गर्दा हाम्रो इज्जतमा दाग लागेको छ।’

सुकीले अध्ययन गरेको अक्सफोर्डको सेन्ट ह्युग कलेजले पनि उनको तस्बिर हटाएको बीबीसीले उल्लेख गरेको छ। सेन्ट ह्युगले सन् २०१२ मा उनलाई मानार्थ विद्यावारिधि प्रदान गरेको थियो। यही कलेजमा उनले सन् १९६४ देखि १९६७ सम्म राजनीति, दर्शनशास्त्र र अर्थशास्त्र पढेकी थिइन्।

कतिपय देशका नगारिकले त उनले प्राप्त गरेको नोवेल शान्ति पुरस्कार फिर्ता गर्नुपर्ने मागसहित नोवेल कमिटीलाई हस्ताक्षर गरेर पनि बुझाएका थिए।

सुकी अल्पसंख्यक रोहिंग्या समुदायमाथि भएका हिंसाका घटनाहरूमा मौन बसेपछि आलोचित भएकी  थिइन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?