तीजमा सरकारले गरेको कडाई प्रति क्याटरिङ व्यवसायीको आपत्ति

Shikharkhabar Shikharkhabar
|
मंगलबार, श्रावण २८, २०७६
|
|
४९ पटक हेरिएको
Shares
तीजमा सरकारले गरेको कडाई प्रति क्याटरिङ व्यवसायीको आपत्ति

सारांश

  • होटल तथा पार्टी प्यालेसमा तीज मनाउन र भोज गर्न सरकारले लगाएको रोकप्रति नेपाल राष्ट्रिय पार्टी प्यालेस तथा क्याटरिङ व्यवसायी महासंघले आपत्ति जनाएको छ ।
  • विज्ञप्ति जारी गर्दै महासंघले सरकारको यस्तो निर्णयले व्यवसायको हित विपरित भएको भन्दै भत्र्सना गरेको हो ।
  • त्यस्तै आपसी सद्भाव र संस्कृतिको अभिन्न हिस्सा रहेका चाडपर्वहरुको संरक्षण र प्रवद्र्धनमा समेत सरकारले लगाएको रोकले असर पुर्याउने दावी महासंघले गरेको छ ।

होटल तथा पार्टी प्यालेसमा तीज मनाउन र भोज गर्न सरकारले लगाएको रोकप्रति नेपाल राष्ट्रिय पार्टी प्यालेस तथा क्याटरिङ व्यवसायी महासंघले आपत्ति जनाएको छ । विज्ञप्ति जारी गर्दै महासंघले सरकारको यस्तो निर्णयले व्यवसायको हित विपरित भएको भन्दै भत्र्सना गरेको हो । त्यस्तै आपसी सद्भाव र संस्कृतिको अभिन्न हिस्सा रहेका चाडपर्वहरुको संरक्षण र प्रवद्र्धनमा समेत सरकारले लगाएको रोकले असर पुर्याउने दावी महासंघले गरेको छ ।

सरकारको यस्तो निर्णयले व्यवसाय गर्न पाउने अधिकार कुण्ठित भएको र यस व्यवसायमा गरिएको करोडौ रुपैयाँ जोखिममा परेको समेत दावी गरेको छ । संविधानले प्रदान गरेको अधिकार भित्र रहेर पारदर्शीरुपमा व्यवसाय सञ्चालन गर्दा पनि सरकारले विभिन्न बहानामा अप्ठ्यारोमा पार्ने गरेको महासंघको आरोप छ । देशभरका पार्टी प्यालेस तथा क्याटरिङमार्फत हजारौलाई रोजगारी दिइरहेको व्यवसायमाथि सरकारको यस्तो निर्णय आउनु खेदजनक रहेको पनि महासंघले जिकिर गरेको छ ।

सरकारले आफ्नो निर्णय फिर्ता नलिए महासंघले देशभरका आफ्ना सदस्यहरुमार्फत् सरकार तथा राजनीतिक दलले आयोजना गर्ने सबै किशिमका कार्यक्रम बहिस्कार गर्ने चेतावनी पनि दिएको छ ।

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?