पर्यटकीय स्थलको प्रबर्द्धनका लागि चैत २९ देखि सडक महोत्सव

Shikharkhabar Shikharkhabar
|
आइतबार, चैत्र २५, २०७४
|
|
४६ पटक हेरिएको
Shares
पर्यटकीय स्थलको प्रबर्द्धनका लागि चैत २९ देखि सडक महोत्सव

सारांश

  • शिखर न्युज २५ चैत्र ।
  • पूर्वी इलामको पर्यटकीय नगरी सूर्योदय नगरको पर्यटन विकासमा सघाउ पु¥याउने उद्देश्यका साथ चारदिने दोस्रो सूर्योदय सडक महोत्सव सञ्चालन हुने भएको छ ।
  • दोस्रो सूर्योदय सडक महोत्सव मूल आयोजक समितिले आउँदो चैत २९, ३० र वैशाख १ र २ गते आयोजना गर्ने शनिबार सूर्योदय नगरपालिकाको फिक्कलमा आयोजित पत्रकार भेटघाटमा जानकारी दिएको हो ।

शिखर न्युज २५ चैत्र ।

पूर्वी इलामको पर्यटकीय नगरी सूर्योदय नगरको पर्यटन विकासमा सघाउ पु¥याउने उद्देश्यका साथ चारदिने दोस्रो सूर्योदय सडक महोत्सव सञ्चालन हुने भएको छ ।

दोस्रो सूर्योदय सडक महोत्सव मूल आयोजक समितिले आउँदो चैत २९, ३० र वैशाख १ र २ गते आयोजना गर्ने शनिबार सूर्योदय नगरपालिकाको फिक्कलमा आयोजित पत्रकार भेटघाटमा जानकारी दिएको हो ।

आयोजक समितिका सचिव युवराज प्रधानका अनुसार यो वर्षको महोत्सवमा डेढ लाख पर्यटक भित्र्याउने लक्ष्य लिइएको छ । महोत्सवमा विभिन्न जातजातिका खानाका परिकार, स्थानीयस्तरमा उत्पादित कृषिजन्यउपज, घरेल उद्योगबाट उत्पादित वस्तु तथा व्यावसायिक कक्षसहित १०० वटा कक्ष रहने आयोजक समितिले जनाएको छ ।

यस्तै महोत्सवलाई भव्य बनाउन चारैदिन राष्ट्रियस्तरका कलाकार नवीन के भट्टराई, इन्दिरा जोशीसहित विभिन्न ब्याण्डले सांगीतिक प्रस्तुति दिने आयोजक समितिका अध्यक्ष अभिषेक श्रेष्ठले बताए । महोत्सवले सूर्योदय नगरक्षेत्रमा रहेका धार्मिक तथा पर्यटकीयस्थल कन्याम, श्रीअन्तु, सिमपानी, करफोक, पञ्चकन्या मन्दिर, लेप्चा गुम्बा, पशुपतिनगर क्षेत्रको पर्यटन प्रवद्र्धन हुने त्यस क्षेत्रको पर्यटन विकासमा सघाउ पुग्ने विश्वास आयोजकले लिएको छ ।

महोत्सवमा निःशुल्क स्वास्थ्य शिविरसमेत सञ्चालन हुनेछ ।

यसै क्रममा महोत्सवकै अवसर पारेर फिक्कलमा इलाम जिल्लाभरको पर्यटकीयस्थलको जानकारी दिनेगरी पर्यटकीय सूचना केन्द्रको पनि स्थापना गर्ने बताइएको छ ।

सूर्योदय नगर क्षेत्रको पर्यटन प्रबर्द्धन गर्न स्थानीय सरकारले कुनै चासो नदेखाएको तथा सडक महोत्सवलाई निरन्तरता दिन आयोजक सूर्योदय होटल व्यवसायी संघले महोत्सवको आयोजना गरेको सचिव युवराज प्रधानको भनाइ छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

दोलखामा सघीय समाजबादी पार्टीका उम्मेदवारहरु सहित सिंगो पार्टी कमिटी नै एमालेमा प्रवेस
दोलखामा सघीय समाजबादी पार्टीका उम्मेदवारहरु सहित सिंगो पार्टी कमिटी नै एमालेमा प्रवेस
रोल्पाली सेवा समाज साउदीले दिलबहादुर बचाउन ९ लाख ३२ हजार गर्यो जम्मा
रोल्पाली सेवा समाज साउदीले दिलबहादुर बचाउन ९ लाख ३२ हजार गर्यो जम्मा
उद्धार तथा राहतमा कुनै कमि हुन नदिन गृहमन्त्रीको निर्देशन
उद्धार तथा राहतमा कुनै कमि हुन नदिन गृहमन्त्रीको निर्देशन
टेलिकमद्वारा १३० टिभी च्यानल भएको एप्स सार्वजनिक, एक महिना निःशुल्क
टेलिकमद्वारा १३० टिभी च्यानल भएको एप्स सार्वजनिक, एक महिना निःशुल्क
बागलुङ दुर्घटनाका १० जनाको पहिचान
बागलुङ दुर्घटनाका १० जनाको पहिचान
पूर्व न्यायाधीशहरुले गरे न्यायाधीश सिफारिसको विरोध
पूर्व न्यायाधीशहरुले गरे न्यायाधीश सिफारिसको विरोध
आज कुशे औँशी :गोकर्णेश्वरमा बिहानैदेखि भक्तजनको घुइँचो
आज कुशे औँशी :गोकर्णेश्वरमा बिहानैदेखि भक्तजनको घुइँचो
प्रधानन्यायाधीश पराजुलीको नियुक्ति नै बदर गर्न डा. केसीको माग
प्रधानन्यायाधीश पराजुलीको नियुक्ति नै बदर गर्न डा. केसीको माग
युरोपेली युनियनको शिखर बैठक अनिर्णित हुने जर्मन चान्सलर मर्केलको चेतावनी
युरोपेली युनियनको शिखर बैठक अनिर्णित हुने जर्मन चान्सलर मर्केलको चेतावनी
आफैले जन्माएको नवजात शिशु हत्याको अभियोगमा आमा पक्राउ
आफैले जन्माएको नवजात शिशु हत्याको अभियोगमा आमा पक्राउ