पशुपतिनाथमा साउने सोमबारको तयारी पूरा

Shikharkhabar Shikharkhabar
|
आइतबार, आषाढ ३१, २०८०
|
|
२७ पटक हेरिएको
Shares
पशुपतिनाथमा साउने सोमबारको तयारी पूरा

सारांश

  • काठमाडौँ ।
  • पशुपतिनाथ मन्दिरमा साउनको पहिलो सोमबार आउने दर्शनार्थीको व्यवस्थापनका लागि गर्नुपर्ने सबै तयारी पूरा भएको छ ।
  • सुरक्षा, स्वयंसेवक परिचालन, दर्शन व्यवस्थापन, स्वास्थ्य शिविर, खानेपानीलगायतका तयारी पूरा भएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।

काठमाडौँ । पशुपतिनाथ मन्दिरमा साउनको पहिलो सोमबार आउने दर्शनार्थीको व्यवस्थापनका लागि गर्नुपर्ने सबै तयारी पूरा भएको छ ।

सुरक्षा, स्वयंसेवक परिचालन, दर्शन व्यवस्थापन, स्वास्थ्य शिविर, खानेपानीलगायतका तयारी पूरा भएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।

सौरमास अनुसार साउनको पहिलो सोमबार साउन १ गते परेको छ । साउनको सोमबार पशुपति क्षेत्रमा लाखौँ भक्तजन आउने भएकाले बिहान तीन बजेदेखि नै चारै ढोका खुला गरेर भक्तजनलाई दर्शन गराइने कोषका संस्कृति संरक्षण महाशाखा प्रमुख गौरीशंकर पराजुलीले जानकारी दिए ।

जुन ढोकाबाट दर्शनार्थी प्रवेश गर्छन् सोही ढोकाबाट निस्कने गरी व्यवस्था मिलाइएको पनि उनले सुनाए । प्रहरी वृत्त गौशालाको नेतृत्वमा जनपद र सशस्त्र प्रहरीले पशुपति क्षेत्रमा सुरक्षा दिने भएका छन् । महाशिवरात्रि र तीजको जस्तै गरी सुरक्षालगायत व्यवस्थापन गरिएको कोषले जनाएको छ ।

साउनको सोमबार रु सात हजार पाँच सयभन्दा कमको विशेष पूजा नगराइने पनि महाशाखा प्रमुख पराजुलीले बताए । यसैगरी वासुकीनाथको मन्दिरमा रु तीन हजार एक सयभन्दा कमको विशेष पूजा गराइने छैन । एक सय ८१ देखि दुई सय ५१ जनासम्मले विशेष पूजा गर्ने गरी व्यवस्था मिलाइएको छ । त्यसभन्दा बढीलाई सोमबार पूजा गराउन नसकिने कोषले जनाएको छ ।

साउने सोमबारका अवसरमा स्काउट र स्थानीय क्लबले पनि स्वयंसेवक खटाउने तयारी गरेका छन् । साउनको सोमबार पशुपतिनाथ मन्दिरलगायत देशभरका शिवालयमा भक्तजनको भीड लाग्ने गर्छ । साउन महिना र सोमबार भगवान् शिवजीको महिना र बार भएकाले पनि यस अवसरमा धेरै भक्तजनको भीड लाग्ने जनाइएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

टाउकाको मूल्य तोक्नेले गणतन्त्र बचाइदेलान् भनेर सोचियो भने ठूलो दुर्भाग्य हुनेछ ।’प्रचण्ड
टाउकाको मूल्य तोक्नेले गणतन्त्र बचाइदेलान् भनेर सोचियो भने ठूलो दुर्भाग्य हुनेछ ।’प्रचण्ड
ठाकुर विरुद्ध चन्द्रेश्वर झा स्वतन्त्र उम्मेदवार  ।
ठाकुर विरुद्ध चन्द्रेश्वर झा स्वतन्त्र उम्मेदवार ।
भक्तपुरमा एकैदिन १७ जना कोरोना संक्रमित थपिए
वाइडबडी जहाज खरिदमा एक अर्ब ४७ करोड भ्रष्टाचार ठहर, कंशाकारसहित चार जना दोषी ठहर
वाइडबडी जहाज खरिदमा एक अर्ब ४७ करोड भ्रष्टाचार ठहर, कंशाकारसहित चार जना दोषी ठहर
काँग्रेसलाई साथमा लिएर राष्ट्र निर्माणमा अघि बढ्छौँः माधव नेपाल
काँग्रेसलाई साथमा लिएर राष्ट्र निर्माणमा अघि बढ्छौँः माधव नेपाल
कक्षा ११ का डेढलाख विद्यार्थी मौका परीक्षाबाट वञ्चित, किन ?
कक्षा ११ का डेढलाख विद्यार्थी मौका परीक्षाबाट वञ्चित, किन ?
जन्ती बोकेको बसमा करेन्ट लाग्दा ७ को मृत्यु
जन्ती बोकेको बसमा करेन्ट लाग्दा ७ को मृत्यु
वन क्षेत्रको पुनःसंरचनाले स्थानीय तहमा द्वन्द्व सिर्जना !
वन क्षेत्रको पुनःसंरचनाले स्थानीय तहमा द्वन्द्व सिर्जना !
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा मौसमी सूचना प्रणाली जडान गरिने !
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा मौसमी सूचना प्रणाली जडान गरिने !
भरतपोखरीको बाघमारा बहुउद्देशीय बचत तथा ऋण सहकारी संस्थामा एकीकृत कारोबार शुभारम्भ
भरतपोखरीको बाघमारा बहुउद्देशीय बचत तथा ऋण सहकारी संस्थामा एकीकृत कारोबार शुभारम्भ

तपाईंले छुटाउनुभयो कि?