आत्मविश्वासी विद्या
सारांश
- असार २२, २०७४- बलिउड अभिनेत्री विद्या बालनलाई विशुद्ध भारतीय सौन्दर्यकी प्रतिमूर्ति मानिन्छ ।
- यो अचेलको कुरा हो ।
- उनै विद्यालाई कुनै बेला निकै कुरूपमा मानिन्थ्यो रे ।
असार २२, २०७४- बलिउड अभिनेत्री विद्या बालनलाई विशुद्ध भारतीय सौन्दर्यकी प्रतिमूर्ति मानिन्छ । यो अचेलको कुरा हो । उनै विद्यालाई कुनै बेला निकै कुरूपमा मानिन्थ्यो रे ।
‘काम माग्न जाँदा एक जना प्रोडयुसरले भनेका थिए, ‘हेर, तिमी कस्ती देखिन्छयौ । यस्ती तिमी कसरी हिरोइन हुन सक्छयौ ?’ उनले एउटा भारतीय अनलाइनसँग भनेकी छन् । तर, विद्याले पहिलो फिचर फिल्म ‘परिणीता’ बाटै सफलताको बाटो पहिल्याइन् । एकदुई अपवादलाई छोड्ने हो भने, त्यो क्रम यथावत् छ । आफूमा विश्वास, लगन र समर्पण भए चाहेको कुरा पूरा हुन्छ भन्ने उनले पुष्टि गरिरहेकी छन् ।
आफ्ना समकालीन धेरैजसो अभिनेता–अभिनेत्री निर्देशक वा निर्माताको भूमिकामा देखिन थालिसके पनि यी ३८ वर्षे अभिनयमै रमाइरहेकी छन् । भन्छिन्, ‘फिल्म मेकिङको अर्को कुनै क्षेत्रमा मलाई रुचि छैन । एक्टिङ नै मेरो पहिलो र अन्तिम लभ हो । म कसैद्वारा हयान्डल हुन चाहन्छु, कसैलाई हयान्डल गर्न चाहन्नँ । निर्देशक भएपछि तपाईंले धेरै जना र धेरै थोकलाई सम्हाल्नुपर्ने हुन्छ, जुन मबाट सम्भव छैन ।’
प्रतिक्रिया