अक्षय कुमारको करिअरकै सबैभन्दा ठूलो ओपनर बन्यो ‘मिशन मंगल’, कति कमायो ?

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, श्रावण ३१, २०७६
|
|
२४ पटक हेरिएको
Shares
अक्षय कुमारको करिअरकै सबैभन्दा ठूलो ओपनर बन्यो ‘मिशन मंगल’, कति कमायो ?

सारांश

  • काठमाडौं।
  • अक्षय कुमार, विद्या बालन, तापसी पन्नु, सोनाक्षी सिन्हा स्टारर फिल्म मिशन मंगलले बम्पर ओपनिङ गरेको छ ।
  • फिल्मले पहिलो दिन २९।

काठमाडौं। अक्षय कुमार, विद्या बालन, तापसी पन्नु, सोनाक्षी सिन्हा स्टारर फिल्म मिशन मंगलले बम्पर ओपनिङ गरेको छ । फिल्मले पहिलो दिन २९।१६ करोड कमाएको छ । ट्रेड एनालिस्ट तरण आदर्शले फिल्मको पहिलो दिनको आंकडा सार्वजनिक गरेका हुन् । यो कमाइको साथमा मिशन मंगल अक्षय कुमारको करिअरमै पहिलो दिन सबैभन्दा धेरै कमाउने फिल्म बनेको छ ।

पहिलो दिनको ओपनिङको हकमा मिशन मंगल २०१९ को दोस्रो ठूलो फिल्म बन्यो । पहिलो स्थानमा सलमान खानको भारत छ जसले पहिलो दिन ४२।३० करोड कमाएको थियो । २०१८ को स्वतन्त्रता दिवसमा अक्षय कुमारको फिल्म गोल्ड आएको थियो जसले पहिलो दिन २५।२५ करोड कमाएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?