स्थानीयको अवरोध कायमै, फोहर व्यवस्थापनमा समस्या

Shikharkhabar Shikharkhabar
|
बुधबार, श्रावण ३, २०८०
|
|
२० पटक हेरिएको
Shares

सारांश

  • काठमाडौं ।
  • यसअघि भएको सहमति कार्यान्वयन नहुँदासम्म नुवाकोटको ककनी गाउँपालिका र धादिङको धुनीबेँसी नगरपालिकाका स्थानीयवासीले फोहरको अन्तिम व्यवस्थापनस्थल बञ्चरेडाँडामा फोहर व्यवस्थापन गर्न नदिने अडान लिएका छन् ।
  • एक वर्षअघि काठमाडौँ महानगरपालिका र प्रभावित क्षेत्रका स्थानीयवासीबीच भएको सहमति कार्यान्वयन नभएको भन्दै यही साउन १ गतेदेखि फोहर व्यवस्थापनमा रोक लगाइएको हो ।

काठमाडौं । यसअघि भएको सहमति कार्यान्वयन नहुँदासम्म नुवाकोटको ककनी गाउँपालिका र धादिङको धुनीबेँसी नगरपालिकाका स्थानीयवासीले फोहरको अन्तिम व्यवस्थापनस्थल बञ्चरेडाँडामा फोहर व्यवस्थापन गर्न नदिने अडान लिएका छन् ।

एक वर्षअघि काठमाडौँ महानगरपालिका र प्रभावित क्षेत्रका स्थानीयवासीबीच भएको सहमति कार्यान्वयन नभएको भन्दै यही साउन १ गतेदेखि फोहर व्यवस्थापनमा रोक लगाइएको हो । यो अवरोध माग पूरा नहुँदासम्म जारी रहने ककनी गाउँपालिकाका प्रमुख सुमन तामाङ्ले जानकारी दिए ।

स्थानीयवासीको अवरोधकै कारण यसअघि पनि पटकपटक रोकिएको काठमाडौँ उपत्यकाको फोहरको अन्तिम व्यवस्थापन कार्य आर्थिक वर्ष सुरु भएसँगै पुनः रोकिएको छ ।

नुवाकोटको ककनी गाउँपालिका–३ का वडाध्यक्ष घननाथ बजगाइँले यसअघि कामपासँग भएको सहमति पूरा नभएसम्म यस स्थानमा फोहर व्यवस्थापन गर्न नदिने स्पष्ट पारे । धुनीबेँसी नगरपालिका– १ का वडाध्यक्ष मानबहादुर तामाङ्का अनुसार सहमतिको एकवर्ष हुँदासम्म महानगरले स्थानीयवासीको माग पूरा गर्न चासो नदेखाएकाले सोमबारबाट फोहर व्यवस्थापनमा रोक लगाइएको बताए । 

यता कामपाका पूर्वाधार सल्लाहकार सुनिल लम्सालले स्थानीयवासीले आसपासको तीन हजार रोपनी जग्गा अधिग्रहण गरिदिनुप¥यो भन्ने रहेको र कामपा एक्लैले उक्त काम गर्न नसक्ने बताउछन् ।

विगत १५ वर्ष सिसडोलमा व्यवस्थापन हुँदै आएको उपत्यकोको फोहर गत भदौ ७ देखि बञ्चरेडाँडामा व्यवस्थापन गर्न थालिएको हो । फोहर व्यवस्थापनमा रोक लगाएपछि फोहरमैला व्यवस्थापन सङ्घले अदालतमा रिट दर्ता गरेको थियो । उक्त रिटमा सर्वोच्च अदालतले बञ्चरेडाँडामा फोहर विसर्जन गर्न जाने टिपरसँग शुल्क उठाउने र नदिए अवरोध गर्ने स्थानीय तहको निर्णय कार्यान्वयन नगर्न सोमबार अन्तरिम आदेश दिएको थियो ।
  
अदालतको आदेशको पनि अवज्ञा गर्दै विगत तीन दिनदेखि स्थानीयवासीले फोहर व्यवस्थापनमा अवरोध गरिरहेका छन् । हाल काठमाडौँ उपत्यकाका १८ स्थानीय तहबाट दैनिक तीन सय गाडी फोहर उक्त स्थानमा लाने गरिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आज बुधबार, कस्तो छ तपाईंको राशिफल?
आज बुधबार, कस्तो छ तपाईंको राशिफल?
सञ्चार क्षेत्रमा धेरै कानुन परिवर्तन गर्न बाँकी छ : मन्त्री शर्मा
सञ्चार क्षेत्रमा धेरै कानुन परिवर्तन गर्न बाँकी छ : मन्त्री शर्मा
क्रिकेटर लामिछानेको मुद्दाको पूर्णपाठ सार्वजनिक: ‘आधार र प्रमाण नपुग्दा सफाइ’
क्रिकेटर लामिछानेको मुद्दाको पूर्णपाठ सार्वजनिक: ‘आधार र प्रमाण नपुग्दा सफाइ’
म नेपाल लाई अमेरिका बनाएर देखाउँछुः आरजु देउवा राणा
म नेपाल लाई अमेरिका बनाएर देखाउँछुः आरजु देउवा राणा
५७ प्रतिशतसम्म मत खस्यो, कुन जिल्लामा कति ? (सूचीसहित)
बेलायती रक्षामन्त्री र प्रचण्डबीच भेटघाट
बेलायती रक्षामन्त्री र प्रचण्डबीच भेटघाट
‘वाईडबडी प्रकरण प्रचण्ड, देउवा र ओलीको सहमतिमा भएको देखा परेको छ-डा.प्रकाशचन्द्र लोहनी
भारतमा ट्याक्टर र जीप जुध्दा १५ को मृत्यु
भारतमा ट्याक्टर र जीप जुध्दा १५ को मृत्यु
एन आई सी एशिया बैंकद्वारा दुर्घटना बीमा वापत ग्राहकका परिवारलाई ३० लाख बीमा रकम भुक्तानी
एन आई सी एशिया बैंकद्वारा दुर्घटना बीमा वापत ग्राहकका परिवारलाई ३० लाख बीमा रकम भुक्तानी
शिवरात्री: पशुपतिमा साधुको भीड, ६ हजार सुरक्षाकर्मी खटिने

तपाईंले छुटाउनुभयो कि?