अझै मिलेन सरकार र उपेन्द्र यादवबीच कुराकानी

Shikharkhabar Shikharkhabar
|
बिहिबार, फाल्गुन १७, २०७४
|
|
१९ पटक हेरिएको
Shares
अझै मिलेन सरकार र उपेन्द्र यादवबीच कुराकानी

सारांश

  • काठमाडौं, १७ फागुन-  सरकार र संघीय समाजवादी फोरमबीचको छलफल विनानिष्कर्ष टुंगिएको छ ।
  • प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बुधबार भएको छलफल विनानिष्कर्ष टुंगिएको हो ।
  • आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

काठमाडौं, १७ फागुन-  सरकार र संघीय समाजवादी फोरमबीचको छलफल विनानिष्कर्ष टुंगिएको छ । प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बुधबार भएको छलफल विनानिष्कर्ष टुंगिएको हो । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

संविधान संशोधन, सरकारको नीति तथा कार्यक्रम र मन्त्रालय बाँडफाँडसहितका विषयमा केन्द्रित रहेर सरकार र फोरमबीच छलफल भएको थियो । तर, केही विषयमा छलफल बाँकी नै रहेकाले बिहीबार पुनः बस्ने गरी छलफल टुंगिएको माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले जानकारी दिए । ‘छलफल सकारात्मक दिशामै अघि बढेको छ, तर कतिपय विषय बाँकी नै रहेकाले बिहीबार पुनः बस्ने गरी छलफल टुंगियो,’ श्रेष्ठले भने ।

लिखित राजनीतिक सहमतिपछि सरकारमा सहभागी हुन फोरम तयार देखिएकाले प्रधानमन्त्री केपी ओलीले सरकारलाई पूर्णता दिन ढिलाइ गरिरहेका छन् । यसअघि एमाले र माओवादी केन्द्रको सहभागितामा गत सोमबार नै १८ सदस्यीय मन्त्रिपरिषद्लाई पूर्णता दिने प्रधानमन्त्रीको तयारी थियो । तर, फोरमसँग लिखित सहमति र मन्त्रालय बाँडफाँडका विषयमा तीन दिनदेखि लगातार द्विपक्षीय छलफल चल्दै आएको छ ।

बुधबारको छलफलमा सरकारका तर्फबाट प्रधानमन्त्री केपी ओली, एमाले नेता माधवकुमार नेपाल, नेता सुवास नेम्वाङ र प्रदीप ज्ञवाली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेता नारायणकाजी श्रेष्ठ सहभागी थिए । त्यस्तै, फोरमका तर्फबाट अध्यक्ष उपेन्द्र यादव र सहअध्यक्ष राजेन्द्र श्रेष्ठलगायत नेता सहभागी थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?