फेडेरर तेस्रो चरणबाट बाहिरिए, जोकोभिक क्वाटरफाइनलमा प्रवेश

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, श्रावण ३१, २०७६
|
|
२२ पटक हेरिएको
Shares
फेडेरर तेस्रो चरणबाट बाहिरिए, जोकोभिक क्वाटरफाइनलमा प्रवेश

सारांश

  • एजेन्सी ।
  • स्विस टेनिस स्टार रोजर फेडेरर सिनसिनाटी मास्टर्सको तेस्रो चरणबाट बाहिरिएका छन् ।
  • शुक्रबार बिहान भएको खेलमा रसियन खेलाडी आन्द्रे रुब्लेभसँग पराजित हुँदै फेडेरर प्रतियोगिताबाट बाहिरिएका हुन् ।

एजेन्सी । स्विस टेनिस स्टार रोजर फेडेरर सिनसिनाटी मास्टर्सको तेस्रो चरणबाट बाहिरिएका छन् । शुक्रबार बिहान भएको खेलमा रसियन खेलाडी आन्द्रे रुब्लेभसँग पराजित हुँदै फेडेरर प्रतियोगिताबाट बाहिरिएका हुन् ।सात पटकको च्याम्पियन फेडेररलाई २१ वर्षे रुब्लेभले ६–३ र ६–४ को सेटमा पराजित गरे । २० पटकको ग्राण्डस्लाम विजेता फेडेररलाई हराउन रुब्लेभले १ घण्टा भन्दा बढीको समय लगाए । अब रुब्लेभले क्वाटरफाइनलमा डानिल मेडभेदेबसँग खेल्नेछन् ।

पुरुषतर्फ नै विश्व नम्बर एक सर्बियन नोभाक जोकोभिक भने क्वाटरफाइनलमा प्रवेश गरेका छन् । जोकोभिकले अन्तिम १६ मा स्पेनिक पाब्लो बुस्तालाई ६–३ र ६–४ को सेटमा पाखा लगाए ।महिलातर्फ विश्व नम्बर एक एस्लेइघ बार्टी र दोस्रो वरियताकी नोआमी ओसाकाले क्वाटरफाइनलमा स्थान बनाएकी छिन् । चौंथो वरियताकी सिमोना हालेप भने बाहिरिएकी छन् ।

(

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?