देउवाकाे राष्ट्रपति बन्ने दाउ, प्रचण्डले पुरा गर्लान र ?
सारांश
- माघ २८, काठमाण्डौ ।
- चुनावमा पार्टीले लज्जास्पद पराजय बेहोरेपछि पार्टीभित्रैबाट आलोचनाको सिकार बनेका कांग्रेस सभापति शेरबहादुर देउवा अबको केही दिनभित्रमा नै सरकार बाहिर हुनेछन्।
- त्यसपछि उनको भूमिका पार्टी सभापतिको रुपमा कांग्रेसलाई बलियो बनाउनु हुनेछ ।
माघ २८, काठमाण्डौ । चुनावमा पार्टीले लज्जास्पद पराजय बेहोरेपछि पार्टीभित्रैबाट आलोचनाको सिकार बनेका कांग्रेस सभापति शेरबहादुर देउवा अबको केही दिनभित्रमा नै सरकार बाहिर हुनेछन्।
त्यसपछि उनको भूमिका पार्टी सभापतिको रुपमा कांग्रेसलाई बलियो बनाउनु हुनेछ । तर केही प्रभावशाली नेताहरुले नै तत्काल नेतृत्व परिवर्तन गर्नुपर्ने आवाज उठाइरहेकाबेला देउवालाई पार्टीभित्र ठूलै चुनौति छ ।
यही कुरालाई मध्यनजर गर्दै देउवा अब राष्ट्रपति बन्ने बाटो खोज्दैछन् । राष्ट्रपति बन्न पाए कांग्रेसको नेतृत्व हस्तान्तरण गर्न सहज हुने उनको ठम्याई छ ।
त्यसैले देउवाले एमाले र माओवादीबिच पार्टी एकता नभएको खण्डमा माओवादी अध्यक्ष प्रचण्डलाई प्रधानमन्त्री बनाएर आफूलाई राष्ट्रपतिको रुपमा प्रस्ताव गर्न लागेका छन् । कांग्रेसका एक नेताले नाम उल्लेख नगर्ने शर्तमा देउवा राष्ट्रपति बन्न चाहेको कुरा खुलासा गरेका हुन् ।
संघीय समाजवादी फोरम र राजपालाई पनि सहमत गराएर प्रचण्डलाई प्रधानमन्त्री बनाउने र कांग्रेसको भागमा राष्ट्रपति पद मागेर आफैँ राष्ट्रपति बन्ने दाउमा देउवा रहेको ति कांग्रेस नेताले बताए।
तर कांग्रेस कै वरिष्ठ नेता रामचन्द्र पौडेलले पनि राष्ट्रपति बन्ने चाहना व्यक्त गरेको बताइएको छ
Tiljapun Magar
के भरोसा
JN Marasini
हैन । यो हरूवा काङ्ग्रेसलाई अझै कति लाज नलागेको होला ?
Rawal Sher
Des barbad vo
Thapachhabiraj Thapa
No, not aggery
Bp Lohani
रास्ट्रपति दिएर बरु थ्न्क्याएर राखिदिए हुन्छ।।
Basudev Ghimire
नेताहरुकाे के भराेसा,हुन सक्छ।
Min Kumar Tiwari
No
Pradip Paudel
देउवा राष्ट्रिय कलंक हो यसलाई वडा सदस्य बनाए पनि देशलाई पनौती लाग्छ ।