फोरमका पूर्वशर्त मानेर सरकारमा ल्याए जनतामाथि ठूलो विश्वासघात : मोहनविक्रम सिंह

Shikharkhabar Shikharkhabar
|
बिहिबार, फाल्गुन १०, २०७४
|
|
२१ पटक हेरिएको
Shares
फोरमका पूर्वशर्त मानेर सरकारमा ल्याए जनतामाथि ठूलो विश्वासघात : मोहनविक्रम सिंह

सारांश

  • काठमाडौं, १० फागुन ।
  • संघीय समाजवादी फोरमले सरकारमा सामेल हुनका लागि संविधानमा संशोधन हुनुपर्ने शर्त राखेको र त्यसप्रति एमाले सकारात्मक भएको कुराप्रति नेकपा (मसाल)का महामन्त्री मोहनविक्रम सिंहले आपत्ति जनाएका छन् ।
  • प्रथम संविधान संशोधनका बेलामा ओलीको सरकारले सम्झौतापरस्त नीति अपनाएर पारित गराएको तर दोस्रो संविधान संशोधनका बेलामा त्यसले त्यसका विरुद्ध दृढ नीति अपनाएको उल्लेख गर्दै पूर्वनीति र अडानमा विचलित नहुन भनिएको छ ।

काठमाडौं, १० फागुन । संघीय समाजवादी फोरमले सरकारमा सामेल हुनका लागि संविधानमा संशोधन हुनुपर्ने शर्त राखेको र त्यसप्रति एमाले सकारात्मक भएको कुराप्रति नेकपा (मसाल)का महामन्त्री मोहनविक्रम सिंहले आपत्ति जनाएका छन् । प्रथम संविधान संशोधनका बेलामा ओलीको सरकारले सम्झौतापरस्त नीति अपनाएर पारित गराएको तर दोस्रो संविधान संशोधनका बेलामा त्यसले त्यसका विरुद्ध दृढ नीति अपनाएको उल्लेख गर्दै पूर्वनीति र अडानमा विचलित नहुन भनिएको छ ।

“एमालेले दोस्रो संविधान संशोधन, भारतीय नाकाबन्दी, भारतका कतिपय हस्तक्षेपकारी नीतिहरुका विरुद्ध तथा चीनसितको सम्बन्ध विस्तारको पक्षमा स्पष्ट अडान लिएको थियो”, महामन्त्री सिंहको विज्ञप्तिमा भनिएको छ, “माओवादी केन्द्रले नेकापक्षीय गठबन्धनसित सम्बन्ध तोडेर एमालेसित गठबन्धन गर्ने कार्यलाई पनि जनताले खालि नेकासित सम्बन्ध तोडेको अर्थमा मात्र होइन, नेकाले अपनाएका नीतिहरुसित सम्बन्ध तोडेको अर्थमा नै बुझेका थिए । एमाले र माओवादीका त्यस प्रकारका नीति र भूमिकालाई हाम्रो पार्टीले समर्थन गरेको थियो । उनीहरुका त्यस प्रकारका नीति र भूमिकाका कारणले नै चुनावमा उनीहरुलाई जनताबाट ठूलो समर्थन प्राप्त भएको थियो । उनीहरुको त्यस प्रकारको पूर्व नीति वा अडानमा पुनः विचलन आउने छैन भन्ने हामीले आशा गरेका छौं ।”

प्रकाशित समाचारमा बताइएजस्तो फोरमलाई सरकारमा ल्याउनका लागि ओली सरकारले आफ्नो पहिलेको अडान विपरीत संविधानमा संशोधन गर्ने नीति अपनाएमा जनताको विश्वाससित विश्वासघात र गम्भीर गल्ती हुने उल्लेख गरिएको छ । विज्ञप्तिमा भनिएको छ, “त्यस प्रकारको कुनै पनि कदमको हाम्रो पार्टीले कडा विरोध गर्नेछ ।”

संविधानमा संशोधन एउटा सामान्य प्रक्रिया हो भन्दै विज्ञप्तिमा आवश्यकतानुसार त्यस प्रकारका कैयौं संशोधनहरु गर्दै जानुपर्ने तर फोरमको पूर्वशर्त सही नभएको विज्ञप्तिमा उल्लेख छ । “हामीले पनि संविधानमा गरिएको संघीयताको व्यवस्थालाई खारेज गर्नुपर्ने आवश्यकतामा जोड दिंदै आएका छौं र त्यसका लागि हामीले पनि पहलकदमी गर्ने छौं । तर मधेशवादीहरुले जुन प्रकारका संशोधनहरुमा जोड दिइरहेका छन्, तिनीहरुको प्रकृति राष्ट्रघाती प्रकारको छ । त्यसकारण तिनीहरुलाई दृढतापूर्वक अस्वीकार गर्नुपर्दछ भन्ने हाम्रो स्पष्ट र निश्चित मत छ”, विज्ञप्तिमा भनिएको छ ।

प्रतिक्रिया

6 कमेन्ट

    Comment Author

    Birendra Rasaili

    All Right Kura

    Comment Author

    Khimananda Bhusal

    Good luck

    Comment Author

    Shyam Spakota

    Khabardar

    Comment Author

    Netra Ghimire

    संझाैता कार्यनयन भएपाे डराउनु नि?

    Comment Author

    Dipendra Yadav

    Sala kutta kya bhukrahai

    Comment Author

    Dip Chhangchha

    जनता लाई हैन तपाई लाई चाहिँ विश्वाश घात भएको जस्तो छ ।

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 6
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?