शालिकराम पुडासैनीको पोष्टमार्टम रिपोर्टमा के छ ?

Shikharkhabar Shikharkhabar
|
सोमबार, भाद्र २, २०७६
|
|
२७ पटक हेरिएको
Shares
शालिकराम पुडासैनीको पोष्टमार्टम रिपोर्टमा के छ ?

सारांश

  • काठमाडौं।
  • पत्रकार शालिकराम पुडासैनीको पोष्टमार्टम रिपोर्ट आएको छ ।
  • त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जले तयार पारेर पठाएको रिपोर्ट जिल्ला प्रहरी कार्यालय चितवन पुगेको छ ।

काठमाडौं। पत्रकार शालिकराम पुडासैनीको पोष्टमार्टम रिपोर्ट आएको छ । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जले तयार पारेर पठाएको रिपोर्ट जिल्ला प्रहरी कार्यालय चितवन पुगेको छ । शालिकरामकी पत्नी सम्झनाले काठमाडौं प्रहरीमार्फत दिएको रवि लामिछानेसहित ३ जनाविरुद्धको किटानी जाहेरी र शिक्षण अस्पतालले पठाएको पोष्टमार्टम रिपोर्ट सँगसँगैजस्तो चितवन पुगेको हो ।

प्रहरीले पोष्टमार्टम रिपोर्ट र अहिलेसम्मको अनुसन्धानबाट थप नयाँ तथ्य फेला परेको जानकारी दिएको छ । यद्यपि रिपोर्टमा के लेखिएको छ भन्ने प्रस्ट बताउन नमिल्ने बताएको छ ।

ती थप तथ्यहरु भोलि सार्वजनिक हुने अपेक्षा गरिएको छ किनकि तीनै जना अभियुक्तलाई अनुसन्धानको लागि हिरासतमा राख्न जिल्ला अदालत चितवनले दिएको म्याद आज सकिँदैछ र भोलि तीनै जनालाई अदालत पेश गरिँदा यो अवधिमा प्राप्त थप तथ्यहरु समेत अदालतसमक्ष प्रस्तुत गरिनेछ ।
घटनाको अनुसन्धान गर्न केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) समेत परिचालन गरिएको छ । सिआइबी टोलीको नेतृत्व गर्दै एसपी दीपक रेग्मी चितवन पुगेका छन् । रेग्मीको नेतृत्वमा ५ जनाको टोली छ । यो टोलीले चितवन प्रहरीले गरिरहेको अनुसन्धानमा सघाउने बताइएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?