सरकारलाई नै थाहा छैन सहकारीको योगदान !

Shikharkhabar Shikharkhabar
|
आइतबार, माघ २, २०७३
|
|
३०७ पटक हेरिएको
Shares
सरकारलाई नै थाहा छैन सहकारीको योगदान !

सारांश

  • नेपालको संविधानले सहकारीलाई तीन खम्बे अर्थनीतिको रुपमा लिएको छ ।
  • तर यसको कुल गार्हस्थ उत्पादनमा कति योगदान रहेको छ भन्ने अभ्ययन समेत भएको छैन् ।
  • सन् २०१३ मा जारी भएको तीन बर्षे अन्तरिम योजना पत्रमा सहकारीको योगदान ३ प्रतिशत भनेर उल्लेख गरिएको छ ।

नेपालको संविधानले सहकारीलाई तीन खम्बे अर्थनीतिको रुपमा लिएको छ । तर यसको कुल गार्हस्थ उत्पादनमा कति योगदान रहेको छ भन्ने अभ्ययन समेत भएको छैन् । सन् २०१३ मा जारी भएको तीन बर्षे अन्तरिम योजना पत्रमा सहकारीको योगदान ३ प्रतिशत भनेर उल्लेख गरिएको छ । तर त्यो योगदानमा दुविधा नै भएपछि अर्थमन्त्रालयले यो तथ्यांकको चर्चा नै गर्न छाड्यो ।
‘त्यो समय सहकारीको यागदान ३ प्रतिशत मान्दा बैंक तथा वित्तीय संस्थाको प्रमाणित योगदान ४ प्रतिशत रहेको थियो, सहकारी र बैंकहरुको योगदानको तुलना कसरी हुन सक्थ्यो,’ अर्थमन्त्रालय एक स्रोतले भने । वास्तविक योगदान थाहा नहुँदा अर्थमन्त्रालयले पछिल्ला योजनामा सहकारीको योगदान १ प्रतिशतको हाराहारीमा हुनेछ भन्ने वाक्यांश लेखेर बचाव गर्न थालेको ती स्रोत बताउँछन् ।

सहकारीको वास्तविक योगदान पत्ता लगाउन नै भएपनि ‘सेटलाइट एकाउन्टिङ सिस्टम’को बिकास हुनुपर्ने उनले बताए । सेटलाइट एकाउन्टिङ सिस्टमबाट क्षेत्रको उपक्षेत्रहरुको पनि तथ्यांकहरु निकालन्छ र वास्तविक योगदान पत्ता लाग्ने उनी बताउछन् ।

‘सहकारीले रिपोर्टिङ गर्दा नै यो प्रणाली अपनाएमा वास्तविकता सजिलै देखिन्छ,’ उनले राय दिए । हाल कुल गाहस्र्थ उत्पादनको गणनामा कृषि र गैर कृषि क्षेत्रका कुल १५ क्षेत्रको गणना हुने गरेको छ । कृषि र बन, माछापालन व्यवसाय, उद्योग अन्र्तरगत खानी, उत्पादन, उर्जा (विद्युत्, ग्यास, पानी), निर्माण, सेवा अन्तरगत थोक तथा खुद्रा व्यापार शिक्षा लगायत १५ क्षेत्रको गणना हुने गरेको छ । हुनतः यस्तो क्षेत्रको रुपमा १७ वटा उपक्षेत्र किटान गरिएको छ तर दुई वटा क्षेत्रको योगदान निकाल्न तथ्यांक नै उपलब्ध नहुँदा ती क्षेत्रलार्य समावेश नै गर्न सकिएको छैन् । यता, यी कुनै पनि निश्चित क्षेत्रमा नपर्नेलाई विविध शिर्षकमा राखिने गरिएको छ ।

विविध शिर्षकबाट कुल गार्हस्थ उत्पादनमा २० प्रतिशत योगदान रहेको देखिन्छ । यसमा सहकारीका, पर्यटनका र जलविद्युत् जस्ता क्षेत्रका कतिपय उपक्षेत्र पनि परेको हुन सक्ने ती स्रोतको भनाई छ । सहकारी मात्र नभएर पर्यटन, जलविद्युतको समेत वास्तविक योगदान गणना हुन नसकेकोले पनि अर्थतन्त्रको वास्तविक आकारलाई प्रक्षेपण गर्न समस्या परेको उनले बताए । अहिले पर्यटनको योगदान ४ प्रतिशत हाराहारी भएपनि त्यसलाई वास्तविक योगदान मानन नमिल्ने उनले बताए ।

सरकारले महत्वका साथ अर्थनीतिको एक खम्बा भनेर घोषणा गरेको सहकारी सानो वा ठुलो कत्रो खम्बा हो भनेर यकिन गर्न पनि यसको वास्तविक योगदान पत्ता लगाउन पर्नेमा उनले जोड दिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

युट्युबरलाई आचारसंहिता पालना गर्न आह्वान
युट्युबरलाई आचारसंहिता पालना गर्न आह्वान
मानवीय त्रुटिका कारण पोखरामा यति एयरलाइन्सको विमान दुर्घटना : जाँचबुझ आयोगको प्रतिवेदन
मानवीय त्रुटिका कारण पोखरामा यति एयरलाइन्सको विमान दुर्घटना : जाँचबुझ आयोगको प्रतिवेदन
अर्थमन्त्री डा महतले भनेः  खुकुलो मौद्रिक नीति ल्याउँदा अर्थतन्त्र चलायमान हुन्छ
अर्थमन्त्री डा महतले भनेः खुकुलो मौद्रिक नीति ल्याउँदा अर्थतन्त्र चलायमान हुन्छ
झापामा कोरोना सङ्क्रमणको आशङ्का
झापामा कोरोना सङ्क्रमणको आशङ्का
रुपन्देहीमा सर्वदलीय बैठक बस्न नसक्दा मतणनामा ढिलाइ
रुपन्देहीमा सर्वदलीय बैठक बस्न नसक्दा मतणनामा ढिलाइ
एमाले कार्यकर्ताको आक्रमणमा प्रहरी सहित दुई घाइते
एमाले कार्यकर्ताको आक्रमणमा प्रहरी सहित दुई घाइते
गाँजासहित एक पक्राउ
गाँजासहित एक पक्राउ
अन्तर्राष्ट्रिय सौर्य गठबन्धनको सदस्य बन्यो नेपाल
अन्तर्राष्ट्रिय सौर्य गठबन्धनको सदस्य बन्यो नेपाल
किन गरे प्रधानमन्त्रीले देउवाले प्रश्न सोध्ने सागरलाइ कुटौला जस्तै ? (भिडियो सहित)
किन गरे प्रधानमन्त्रीले देउवाले प्रश्न सोध्ने सागरलाइ कुटौला जस्तै ? (भिडियो सहित)
गोविन्द केसीको अनशनलाई निहुँ बनाएर ‘धमिलो पानीमा माछा मार्न खोजियो:  पुष्पकमल दाहाल प्रचण्ड
गोविन्द केसीको अनशनलाई निहुँ बनाएर ‘धमिलो पानीमा माछा मार्न खोजियो: पुष्पकमल दाहाल प्रचण्ड