बैंकको कालोसूचीमा १० हजारभन्दा बढी

Shikharkhabar Shikharkhabar
|
बिहिबार, भाद्र १८, २०७७
|
|
४८ पटक हेरिएको
Shares
बैंकको कालोसूचीमा १० हजारभन्दा बढी

सारांश

  • कोरोना महामारीको समयमा बैंक तथा वित्तीय संस्थाको कालोसूचीमा पर्नेको संख्या बढेको छ ।
  • ऋणीहरूभन्दा पनि बैंकमा पर्याप्त मौज्दात नभई चेक काट्नेहरू कालोसूचीमा बढी परेका छन् ।
  • कर्जा सूचना केन्द्रको तथ्यांकअनुसार गत चैत्र महिनादेखि भदौ १५ गतेसम्म कालोसूचीमा १० हजार ७३२ जना थपिएका छन् ।

कोरोना महामारीको समयमा बैंक तथा वित्तीय संस्थाको कालोसूचीमा पर्नेको संख्या बढेको छ । ऋणीहरूभन्दा पनि बैंकमा पर्याप्त मौज्दात नभई चेक काट्नेहरू कालोसूचीमा बढी परेका छन् ।

कर्जा सूचना केन्द्रको तथ्यांकअनुसार गत चैत्र महिनादेखि भदौ १५ गतेसम्म कालोसूचीमा १० हजार ७३२ जना थपिएका छन् । कालोसूचीमा कूल १३ हजार २४ जना रहेका छन् । असार महीनामा मात्रै ९ हजार ६ सय २६ जना कालोसूचीमा थपिएका छन् । चैतमा २ सय २६, वैशाखमा ८९, जेठमा १ सय ३७, साउनमा ४ सय ८६, भदौमा १ सय ६८ जना कालोसूचीमा परेका छन् ।

कालोसूचीको संख्या बढेको भन्दै विश्व बैंक, अन्तरराष्ट्रिय वित्त निगमजस्ता अन्तरराष्ट्रिय संगठनले समेत सोधपुछ गरेको कर्जा सूचना केन्द्रका प्रमुख कार्यकारी अधिकृत अनिल अधिकारीले बताए । केन्द्रले सार्वजनिक गर्ने तथ्यांकमा कालोसूचीमा पर्ने ऋणी भनेर मात्र उल्लेख गरेको तर त्यसभित्र बाउन्स चेक जारी गर्ने हरूसमेत राखिएकाले अधिकांश झुक्किएको उनको भनाइ छ ।

नेपाल राष्ट्र बैंकले २०७६ भदौमा एकीकृत निर्देशनमार्पmत चेक जारी गर्ने व्यक्ति, फर्म, कम्पनी वा संस्थाले चेकमा गलत हस्ताक्षर गरेमा र खातामा पर्याप्त रकम नभएर ९चेक बाउन्स भएमा० १ साताभित्र पनि रकम भुक्तानी नगरे कालोसूचीमा राख्ने व्यवस्था गरेको थियो । यसभन्दा अघि पटकपटक चेक बाउन्स हुने गरेको ठहरिएमा मात्र चेक जारी गर्नेलाई कालोसूचीमा राख्ने गरिन्थ्यो ।

केन्द्रको कालोसूचीमा खराब कर्जा तथा निगरानीमा परेका ऋणीको संख्या कम भएको तर चेक बाउन्सको नाममा कालोसूचीमा पर्नेको संख्या बढेको केन्द्रको भनाइ छ ।

उनका अनुसार कुल संख्यामध्ये ६५ प्रतिशत अर्थात् साढे ६ हजार जना चेक बाउन्सका कारण कालोसूचीमा परेका हुन् । बाँकी ३५ प्रतिशत ऋणीमात्र निगरानीमा परेका खराब ऋणीहरू रहेको कार्यकारी प्रमुख अधिकारीको भनाइ रहेको आजको आर्थिक अभियान दैनिकमा खवर छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

दशैको मुखमा उदयपुरमा लागुअाैषधको चहलपहल,सीरीन्ज सहीत २ पक्राउ
डिजिटलमा नगएका केबल टेलिभिजन संस्थाहरुलाइ सञ्चार मन्त्रालयले फेरि केही समय दिने निर्णय ।
डिजिटलमा नगएका केबल टेलिभिजन संस्थाहरुलाइ सञ्चार मन्त्रालयले फेरि केही समय दिने निर्णय ।
महिला यू-१९ विश्वकपको एशिया क्वालिफायरमा नेपालको विजयी शुरुवात
महिला यू-१९ विश्वकपको एशिया क्वालिफायरमा नेपालको विजयी शुरुवात
नेपाल प्रहरीका डिएसपी केसीसेवाबाट बर्खास्त
नेपाल प्रहरीका डिएसपी केसीसेवाबाट बर्खास्त
सेनाभित्रै सलामीको प्रश्न
सेनाभित्रै सलामीको प्रश्न
सिद्धार्थ बैंकका ग्राहकहरुलाई विराटनगरको ह्यारिसन प्यालेसमा विशेष छुट
सिद्धार्थ बैंकका ग्राहकहरुलाई विराटनगरको ह्यारिसन प्यालेसमा विशेष छुट
वामदेव विरूद्धको मुद्दाको आज सुनुवाई हुँदै
वामदेव विरूद्धको मुद्दाको आज सुनुवाई हुँदै
विप्लव समूह राजनीतिक हो कि आपराधिक भन्नेमै प्रधानमन्त्री निरुत्तरित !
विप्लव समूह राजनीतिक हो कि आपराधिक भन्नेमै प्रधानमन्त्री निरुत्तरित !
शिखर सम्मेलनको संकल्प ‘सबै मानव एकताबद्ध हुनुपर्छ’
शिखर सम्मेलनको संकल्प ‘सबै मानव एकताबद्ध हुनुपर्छ’
यस्तो छ शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर
यस्तो छ शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर