गृह मन्त्रालय र नेपाल प्रहरीबीच कार्यसम्पादन सम्झौता

Shikharkhabar Shikharkhabar
|
मंगलबार, भाद्र ३, २०७६
|
|
२९ पटक हेरिएको
Shares
गृह मन्त्रालय र नेपाल प्रहरीबीच कार्यसम्पादन सम्झौता

सारांश

  • काठमाडाैं।
  • गृह मन्त्रालय र नेपाल प्रहरीबीच कार्यसम्पादन सम्झौता–२०७६ मा हस्ताक्षर भएको छ ।
  • गृह मन्त्रालयमा सोमबार साँझ गृहमन्त्री रामबहादुर थापा ‘बादल’को उपस्थितिमा मन्त्रालयका सचिव प्रेमकुमार राई र  प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालबीच कार्यसम्पादन सम्झौतामा हस्ताक्षर भएको हो।

काठमाडाैं। गृह मन्त्रालय र नेपाल प्रहरीबीच कार्यसम्पादन सम्झौता–२०७६ मा हस्ताक्षर भएको छ । गृह मन्त्रालयमा सोमबार साँझ गृहमन्त्री रामबहादुर थापा ‘बादल’को उपस्थितिमा मन्त्रालयका सचिव प्रेमकुमार राई र  प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालबीच कार्यसम्पादन सम्झौतामा हस्ताक्षर भएको हो।
 
कार्यक्रममा गृहमन्त्री थापाले सम्झौताले नेपाल प्रहरीलाई आफ्नो काम, जिम्मेवारी र उद्देश्यप्रति बढी गम्भीर बनाउने उल्लेख गर्दै सम्झौता इतिहासकै अग्निपरीक्षा भएकाले उत्कृष्ट नतिजा आउने गरी काम गर्नुपर्ने बताए। “मुलुकले राखेको ‘समृद्ध नेपाल, सुखी नेपाली’को लक्ष्य हासिल गर्न सम्झौताले महत्वपूर्ण भूमिका निर्वाह गर्नेछ”, उनले भने।

गृहसचिव राईले विगतका दिनमा प्रमुख जिल्ला अधिकारीसँग गरिएका सम्झौता फलदायी हुँदै गएका बताउँदै नेपाल प्रहरीसँग गरिएको सम्झौता पनि फलदायी हुने विश्वास व्यक्त गरे। सम्झौतामा सार्वजनिक प्रशासनलाई जिम्मेवारीप्रति प्रतिबद्ध, कानून कार्यान्वयनमा दृढ, प्रक्रियामा सरलीकरण, पारदर्शी नतिजा, तोकिएको कार्य समयमै सम्पादन, गृह प्रशासन सुधार कार्ययोजनालगायतका कुरा समेटिएका छन्। एक आर्थिक वर्ष अवधि रहने उक्त कार्यसम्पादन सम्झौतामा सात कार्य शर्तहरु र २२ कार्यसम्पादन लक्ष्य तथा सूचक रहेका प्रहरी महानिरीक्षक खनालले बताए। 

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    Vinod Mathema

    Sarkar ra nikaye bich theke dari saili,kasle kati kamu cha ?

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तपाईंले छुटाउनुभयो कि?