राप्रपाको पार्टी कार्यालय पशुपति सम्शेर समूहद्धारा कब्जा
सारांश
- काठमाडौं २३ साउन ।
- अध्यक्ष कमल थापाको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै पार्टी परित्याग गरी नयाँ दल खोलेका वरिष्ठ नेता पशुपति सम्शेर राणाले राप्रपाको पार्टी कार्यालय कब्जा गरेका छन् ।
- राजधानीको चावहिलमा रहेको राप्रपाको केन्द्रीय कार्यालय राणा समूहको नवगठित राप्रपा प्रजातान्त्रिकले कब्जा गरेको हो ।
काठमाडौं २३ साउन । अध्यक्ष कमल थापाको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै पार्टी परित्याग गरी नयाँ दल खोलेका वरिष्ठ नेता पशुपति सम्शेर राणाले राप्रपाको पार्टी कार्यालय कब्जा गरेका छन् ।
राजधानीको चावहिलमा रहेको राप्रपाको केन्द्रीय कार्यालय राणा समूहको नवगठित राप्रपा प्रजातान्त्रिकले कब्जा गरेको हो । चावहिलस्थित राणाले दान गरेको जग्गामा राप्रपाको पार्टी कार्यालय बनेको थियो ।
६ महिनाअघि राप्रपा नेपाल र राप्रपाबीच एकीकरण हुँदा धुम्बराहीमा रहेको कार्यालय चावहिलमा सारिएको थियो । चावहिलको पार्टी कार्यालयमा सोमबार राण समूहको राप्रपा प्रजातान्त्रिकको बैठक चलिरहेको छ ।
राणा समूहले कव्जा जमाएपछि कमल थापा राप्रपा नेपालको पुरानो कार्यालय रहेको धुम्बराही फर्केका छन् । राप्रपा नेपालको पार्टी कार्यालयमा कमल थापा समूहको बैठक बसिरहेको छ ।
प्रतिक्रिया