अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा को को पत्रकार भए पुरस्कृत ?
सारांश
- काठमाडौं, १९ फागुन ।
- नेपाल पत्रकार महासंघले लैङ्गिक समानता र अवसर विषय अन्तक्र्रिया गर्नुका साथै तीन जना महिला पत्रकारलाई पुस्कार प्रदान गरेको छ ।
- अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसका अवसरमा महासंघको केन्द्रीय महिला समितिले आयोजना गरेको अन्तक्र्रिया कार्यक्रममा नानीमैयाँ विष्ट (प्रयास साप्ताहिक, मकवानपुर), गगनशिला खड्का (नारीखबर डटकम) र मन गहिरे (जनचेता साप्ताहिक, पाल्पा) लाई पुरस्कार प्रदान गरियो ।
काठमाडौं, १९ फागुन । नेपाल पत्रकार महासंघले लैङ्गिक समानता र अवसर विषय अन्तक्र्रिया गर्नुका साथै तीन जना महिला पत्रकारलाई पुस्कार प्रदान गरेको छ । अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसका अवसरमा महासंघको केन्द्रीय महिला समितिले आयोजना गरेको अन्तक्र्रिया कार्यक्रममा नानीमैयाँ विष्ट (प्रयास साप्ताहिक, मकवानपुर), गगनशिला खड्का (नारीखबर डटकम) र मन गहिरे (जनचेता साप्ताहिक, पाल्पा) लाई पुरस्कार प्रदान गरियो ।
सञ्चारमा लैङ्गिक समानता र अवसर सम्बन्धी १७ वटा लेख रचना प्राप्त भएका थिए । तीमध्ये छनौट समितिले छनौट गरेका उत्कृष्ट तीनवटालाई पुस्कृत गरिएको महिला समिति संयोजक लक्ष्मी पुनले बताइन् ।
कार्यक्रममा सूचना तथा सञ्चार मन्त्रालयका सचिव केदारबहादुर अधिकारीले सञ्चार क्षेत्रमा महिला पत्रकारको सहभागिता बराबरी गराउन सरकारको जोड बताउँदै सञ्चार प्रतिष्ठानको स्थापना गरी दक्ष पत्रकारको उत्पादन गर्नेे लक्ष्य रहेको बताए ।
नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यले लैङ्गिक समानाताको विषय महिला र पुरुषबीच रहेका विभेद हटाउनका लागि सञ्चार क्षेत्रको महत्वपूर्ण भूमिका रहेको भन्दै त्यस क्षेत्रमा थप बहस चलाउन आग्रह गरे । अध्यक्ष आचार्यले न्यूनतम पारिश्रमिक तथा नियुक्तिपत्र बिना काममा लगाउने सञ्चारगृह विरुद्ध आन्दोलन गर्ने बताए ।
महासंघका पूर्व अध्यक्ष डा. सुरेश आचार्यले पत्रकारिता क्षेत्रमा क्रियाशील पत्रकारहरुको आवश्यकता रहेको भन्दै महासंघले सक्षम, दक्ष पत्रकार उत्पादन गर्ने विषयमा बहस तथा तालिम चलाउनु पर्ने औंल्याए ।
महासंघका उपाध्यक्ष विपुल पोखरेलले नेपालको पत्रकारिता क्षेत्रमा विगतको तुलनामा महिला पत्रकारको संख्या बढेको बताउँदै समाजमा रहेका समस्यालाई सञ्चार माध्यमबाट उजागर गरी सामाजिकीकरण गर्न पत्रकारलाई आग्रह गरे ।
न्यूनतम पारिश्रामिक निर्धारण समितिका अध्यक्ष गंगाधर पराजुलीले पत्रकारको न्यूनतम पारिश्रमिक समयानुकूल बनाउनका लागि समिति सक्रिय रहेको जानकारी दिए ।
सञ्चारिका समूहका अध्यक्ष निर्मला शर्माले व्यवसायिक पत्रकारिताले मात्रै सञ्चार क्षेत्रमा महिला पत्रकारको संख्या बढ्ने धारणा गरेकी थिइन् ।
प्रतिक्रिया