प्रधानमन्त्री ओलीको मृगौला पूनः फेर्न सकिने !

Shikharkhabar Shikharkhabar
|
आइतबार, भाद्र ८, २०७६
|
|
२४ पटक हेरिएको
Shares
प्रधानमन्त्री ओलीको मृगौला पूनः फेर्न सकिने !

सारांश

  • करोडौं नेपालीलाई अहिले प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्थाबारे निकै चासो छ ।
  • उपचारका लागि सिंगापुर पुगेका प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्थाबारे धेरैले प्रश्नसमेत गरिरहेका छन्, ‘प्रधानमन्त्रीलाई कस्तो होला ?
  • ’ प्रधानमन्त्रीका निजी चिकित्सक डा.

करोडौं नेपालीलाई अहिले प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्थाबारे निकै चासो छ । उपचारका लागि सिंगापुर पुगेका प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्थाबारे धेरैले प्रश्नसमेत गरिरहेका छन्, ‘प्रधानमन्त्रीलाई कस्तो होला ?’

प्रधानमन्त्रीका निजी चिकित्सक डा. दिलिप शर्माले भने सिंगापुरमा प्रधानमन्त्रीको नियमित उपचार प्रक्रिया थालिएको र उनको अवस्था सामान्य रहेको जानकारी दिए । डा. शर्माका अनुसार प्रधानमन्त्री ओलीको सिंगापुरस्थित न्यासनल युनिभर्सिटी अस्पताल (एसएनयू)मा उपचार प्रक्रिया थालिएको छ । एन्टिबडी शरीरबाट हटाउने प्रक्रिया सुरु भएको छ । ‘उहाँको उपचार प्रक्रिया सुरु भइसकेको छ र उहाँ पूर्ण रूपमा खतरामुक्त हुनुहुन्छ,’ शर्माले राजधानीसँग भने ।

प्रधानमन्त्रीको मिर्गौलाको थप परीक्षण र क्षमता अभिवृद्धिका लागि आवश्यक उपचार थालिएको डा. शर्माले जानकारी दिए ।
मिर्गाैला रोग विशेषज्ञ डा. ऋषि काफ्लेले प्रधानमन्त्री ओलीको ट्रान्सप्लान्ट गरिएको मिर्गौला बिस्तारै कमजोर भएको बताए ।

मिर्गौला पुनः फेर्न सकिने

वरिष्ठ मिर्गौला रोग विशेषज्ञ डा. ऋषि काफ्लेले उपचार विधिबाट प्रधानमन्त्री सामान्य अवस्थामा आउने या पुनः मिर्गौला प्रत्यारोपण गर्नुपर्ने भन्ने निक्र्योल हुने बताए । उनले भने, ‘उहाँका मुटु, फोक्सोलगायतका अंग स्वस्थ छन् । उहाँको शरीरमा इन्फेक्सन पनि भएको छैन । तसर्थ, मिर्गाैला प्रत्यारोपण गर्नुपरे पनि प्रधानमन्त्री सक्षम हुनुहुन्छ । सजिलै प्रत्यारोपण हुन सक्छ ।’ यो समाचार आजको राजधानी दैनिकबाट

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

धान खेतमा स्मार्ट लाइसेन्स
धान खेतमा स्मार्ट लाइसेन्स
कांग्रेससँग गठबन्धन तोड्दै देशभर उम्मेदवारी दिने राप्रपाको तयारी
हिन्दुराष्ट्र र राजतन्त्रपछिको १२ वर्षमा के पायौँ ? अब समीक्षा गर्नुपर्छ : कमल थापा
हिन्दुराष्ट्र र राजतन्त्रपछिको १२ वर्षमा के पायौँ ? अब समीक्षा गर्नुपर्छ : कमल थापा
संखुवासभाबाट व्यवसायी टासी शेर्पा  प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवार
संखुवासभाबाट व्यवसायी टासी शेर्पा प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवार
राप्रपाको चुनावी घोषणापत्र सार्वजनिक, भ्रष्टाचारमा शून्य शहनशीलताको नीति
राप्रपाको चुनावी घोषणापत्र सार्वजनिक, भ्रष्टाचारमा शून्य शहनशीलताको नीति
यी हुन चर्चित नेताका प्रेमिका, यसरी बनाए आफ्नो गर्लर्फेन्डलाई नेता
यी हुन चर्चित नेताका प्रेमिका, यसरी बनाए आफ्नो गर्लर्फेन्डलाई नेता
बागलुङमा चौबीस हजारको स्वास्थ्य बीमा
बागलुङमा चौबीस हजारको स्वास्थ्य बीमा
म्यानचेस्टर सिटी सबैभन्दा मुल्यवान टिम, टप १० मा को को छन्?
म्यानचेस्टर सिटी सबैभन्दा मुल्यवान टिम, टप १० मा को को छन्?
३० लाख चन्दा नदिएको भन्दै रुपन्देहीमा गोली प्रहार
३० लाख चन्दा नदिएको भन्दै रुपन्देहीमा गोली प्रहार
११६ जना कोरोना संक्रमित थपिए, कुल संक्रमित १७ हजार ६१

तपाईंले छुटाउनुभयो कि?