धान खेतमा स्मार्ट लाइसेन्स

Shikharkhabar Shikharkhabar
|
बिहिबार, कार्तिक १३, २०७७
|
|
३५ पटक हेरिएको
Shares
धान खेतमा स्मार्ट लाइसेन्स

सारांश

  • प्रदेश नं २ को अस्थायी राजधानी जनकपुरधामको मुजेलियास्थित यातायात कार्यालयको स्मार्ट सवारी चालक अनुमतिपत्र धान खेतमा फालिएका अवस्थामा फेला परेको छ ।
  • यातायात व्यवस्था विभागबाट बनेर तयार भएर आएका लाइसेन्स जनकपुरधाम उपमहानगरपालिका–१४ स्थित यातायात कार्यालयदेखि झण्डै दुई सय मिटर पश्चिमतर्फ रहेको खेतमा धान काट्न गएका महिलाले फेला पारेका हुन् ।
  • उनीहरुले लाइसेन्स संकलन गरेर यातायात कार्यालयलाई बुझाएका छन् ।

प्रदेश नं २ को अस्थायी राजधानी जनकपुरधामको मुजेलियास्थित यातायात कार्यालयको स्मार्ट सवारी चालक अनुमतिपत्र धान खेतमा फालिएका अवस्थामा फेला परेको छ । यातायात व्यवस्था विभागबाट बनेर तयार भएर आएका लाइसेन्स जनकपुरधाम उपमहानगरपालिका–१४ स्थित यातायात कार्यालयदेखि झण्डै दुई सय मिटर पश्चिमतर्फ रहेको खेतमा धान काट्न गएका महिलाले फेला पारेका हुन् । उनीहरुले लाइसेन्स संकलन गरेर यातायात कार्यालयलाई बुझाएका छन् ।
धानखेतमा लाइसेन्स फेला परेको स्थान देखाउँदै एक महिलाले भन्नुभयो, ‘बुधबार दिउँसो धान काट्न आउँदा खेतमा जताततै लाइसेन्स छरिएको अवस्थामा देख्यौंँ, सबै संकलन गरेर यातायातका कर्मचारीलाई बुझाएका छौंँ ।’ यातायात कार्यालयमा राखिएको लाइसेन्स धान खेतमा फेला परेपछि कार्यालयको सुरक्षामाथि नै प्रश्न उठेको छ ।
यातायात कार्यालय जनकपुरधामका अधिकृत वीरेन्द्र साहले लाइसेन्स धान खेतमा फेला परेको स्वीकार गर्दै तीन सय थान ज िभेटिएको जानकारी दिनुभयो । अधिकृत साहले भन्नुभयो, ‘कसैले गलत नियत राखेर लाइसेन्स फालेको हुन सक्छ । यसबारे जिल्ला प्रशासन कार्यालय धनुषालाई जानकारी गराएका छौंँ ।’
यातायात कार्यालय जनकपुरधाममा दलाल र बिचौलियाको सहज पहुँच छ । तिनले लाइसेन्ससहितका कागजात बोकेर आफूखुशी ओहोरदोहोर गरे पनि यातायात कार्यालयका कर्मचारी मूकदर्शक बन्ने गरेको सेवाग्राही बताउँछन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

राप्रपाद्वारा  पार्टी परित्याग गरेका सदस्यको नाम अभिलेखबाट हटाउने निर्णय
राप्रपाद्वारा पार्टी परित्याग गरेका सदस्यको नाम अभिलेखबाट हटाउने निर्णय
व्यापार यद्धले कसैलाई राम्रो गर्दैन, फ्रान्सेली अर्थमन्त्री ब्रुनो
व्यापार यद्धले कसैलाई राम्रो गर्दैन, फ्रान्सेली अर्थमन्त्री ब्रुनो
बालकोटमा एमाले स्थायी कमिटी बैठक सुरु
बालकोटमा एमाले स्थायी कमिटी बैठक सुरु
आगलागीबाट २ जनाको मृत्यु तथा विभिन्न धनमाल क्षति
आगलागीबाट २ जनाको मृत्यु तथा विभिन्न धनमाल क्षति
सहमति नै प्रमुख कुरा हो नभए निर्वाचनमा जान कसैले छेक्दैन : निमबहादुर मगर
सहमति नै प्रमुख कुरा हो नभए निर्वाचनमा जान कसैले छेक्दैन : निमबहादुर मगर
नौ महिनामै सवै काम किन भएन भन्ने आलोचनाकाे कुनै तुक छैन – प्रचण्ड
बिग्रिएको फोनबाट ओलम्पिक पदक
बिग्रिएको फोनबाट ओलम्पिक पदक
गठबन्धन सरकार पूरा समय रहन्छ :  अर्थमन्त्री महत
गठबन्धन सरकार पूरा समय रहन्छ : अर्थमन्त्री महत
एमाले पार्टी प्रवेश गर्ने क्रम  बढेको नेताहरुको ब्रिफिङ ,प्रदेश २ को चुनावमा ६० बढी तह जित्ने  दाबी
एमाले पार्टी प्रवेश गर्ने क्रम बढेको नेताहरुको ब्रिफिङ ,प्रदेश २ को चुनावमा ६० बढी तह जित्ने दाबी
ढिलो भएको प्रदेश नं. ७ मा शपथग्रहणको यस्तो छ तयारी
ढिलो भएको प्रदेश नं. ७ मा शपथग्रहणको यस्तो छ तयारी