म्यानचेस्टर सिटी सबैभन्दा मुल्यवान टिम, टप १० मा को को छन्?

Shikharkhabar Shikharkhabar
|
शनिबार, माघ ६, २०८०
|
|
२२ पटक हेरिएको
Shares
म्यानचेस्टर सिटी सबैभन्दा मुल्यवान टिम, टप १० मा को को छन्?

सारांश

  • काठमाडौं।
  • म्यानचेस्टर सिटी विश्वको सबैभन्दा मुल्यवान टिम बनेको छ।
  • फुटबल बेन्चमार्कले सार्बजनिक गरेको युरोपियन फुटबल क्लबहरुको बार्षिक रिपोर्ट अनुसार म्यानचेस्टर सिटीको अहिलेको टिम विश्वको सबैभन्दा बढी मूल्यको रहेको हो।

काठमाडौं। म्यानचेस्टर सिटी विश्वको सबैभन्दा मुल्यवान टिम बनेको छ। फुटबल बेन्चमार्कले सार्बजनिक गरेको युरोपियन फुटबल क्लबहरुको बार्षिक रिपोर्ट अनुसार म्यानचेस्टर सिटीको अहिलेको टिम विश्वको सबैभन्दा बढी मूल्यको रहेको हो।

यस रिपोर्टमा २०२३ मा युरोपका टप पाँच लिगमा क्लबहरुले खेलाडी ट्रान्सफरमा १.१ बिलियन युरो खर्च गरेका छन्। म्यानचेस्टर सिटीको टिमको अहिलेको बजार मूल्य १४१४ मिलियन युरो रहेको छ। जुन अघिल्लो बर्षको भन्दा ९ प्रतिशतले बढी हो।

त्यस्तै यस सूचीमा दोस्रो स्थानमा फ्रेन्च च्याम्पियन पिएसजी रहेको छ। पिएसजीको टिमको बजार मूल्य ११५२ मिलियन युरो गरेको छ, जुन अघिल्लो बर्षको तुलनामा १५ प्रतिशतले बढी हो।

त्यसैगरी यस सूचीमा तेस्रो स्थानमा रियल म्याड्रिड रहेको छ। रियल म्याड्रिडको टिमको बजार मूल्य ११५२ मिलियन युरो रहेको छ, जुन अघिल्लो बर्षको तुलनामा २१ प्रतिशतले बढी हो।

त्यसैगरी जर्मनी क्लब बायर्न म्युनिख यस सूचीमा चौथो स्थानमा रहेको छ। बायर्नको टिमको बजार मुल्य १०२३ मिलियन युरो रहेको छ। बायर्नको बजार मुल्य अघिल्लो बर्षको तुलनामा २ प्रतिशतले घटेको छ।

त्यस्तै स्पेनिस क्लब बार्सिलोना यस सूचीमा पाँचौं स्थानमा रहेको छ। बार्सिलोनाको टिमको अहिलेको बजार मुल्य अघिल्लो बर्षको तुलनामा एक प्रतिशतले कम १००५ मिलियन युरो रहेको छ।

यस सूचीमा प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेड छैटौं स्थानमा छ र यसको टिमको बजार मूल्य ९६६ मिलियन युरो रहेको छ, जुन अघिल्लो बर्षको तुलनामा ११ प्रतिशतले बढी हो।

त्यसैगरी यस सूचीमा इटालियन क्लब नापोली सातौं स्थानमा रहेको छ। नापोलीको टिमको बजार मूल्य ६८२ मिलियन युरो रहेको छ, जुन अघिल्लो बर्षको तुलनामा ९ प्रतिशतले बढी हो।

त्यसैगरी यस सूचीमा आठौँ स्थानमा जर्मनी क्लब बोरुसिया डोर्टमण्ड रहेको छ। डोर्टमण्डको टिमको बजार मूल्य ६०९ मिलियन रहेको छ, जुन अघिल्लो बर्षको तुलनामा ३ प्रतिशत कम हो।

त्यस्तै यस सूचीमा नवौं स्थानमा इटालियन क्लब युभेन्टस रहेको छ। युभेन्टसको अहिलेको टिमको बजार मुल्य ४६५ मिलियन युरो रहेको छ, जुन अघिल्लो बर्षको तुलनामा ११ प्रतिशतले कम हो।

त्यस्तै यस सूचीमा दशौँ स्थानमा पोर्चुगलको क्लब बेनिफिका रहेको छ। बेनिफिकाको अहिलेको टिमको बजार मुल्य ४१७ मिलियन युरो रहेको छ जुन अघिल्लो बर्षको तुलनामा ११ प्रतिशतले बढी हो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?