मदिरा पिएको भन्दै एनआरएन अध्यक्ष भट्टलाई विमानबाट ओरालियो

Shikharkhabar Shikharkhabar
|
आइतबार, भाद्र ८, २०७६
|
|
३३ पटक हेरिएको
Shares
मदिरा पिएको भन्दै एनआरएन अध्यक्ष भट्टलाई विमानबाट ओरालियो

सारांश

  • एनआरएनएका अध्यक्ष भवन भट्टलाई मदिरा सेवन गरेर चढेको भन्दै क्रु मेम्बरले हवाई जहाजमा यात्रा गर्नबाट रोकेका छन् ।
  • उपचारका क्रममा सिंगापुरमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्नका लागि अध्यक्ष भट्ट पनि काठमाडौँबाट सिंगापुर जान लागेका थिए ।
  • उनलाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा हवाईजहाजमा बसिसकेपछि ओरालिएको हो ।

एनआरएनएका अध्यक्ष भवन भट्टलाई मदिरा सेवन गरेर चढेको भन्दै क्रु मेम्बरले हवाई जहाजमा यात्रा गर्नबाट रोकेका छन् । उपचारका क्रममा सिंगापुरमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्नका लागि अध्यक्ष भट्ट पनि काठमाडौँबाट सिंगापुर जान लागेका थिए । उनलाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा हवाईजहाजमा बसिसकेपछि ओरालिएको हो ।

हवाई जहाजको सिटमा बसिसकेको बेला अध्यक्ष भट्ट र उनीसँगै रहेका सनत न्यौपानेलाई जहाजका क्रु मेम्बरले बाहिर निकालिदिएको न्यौपानेले बताए । मदिरा पिएको थाहा पाएपछि जहाजका क्याप्टेन नै आएर ‘हामी तपाईलाई यहाँ राखेर उडान गर्न सक्दैनौँ’ भनी बाहिर निकालेको न्यौपानेले फेसबुकमार्फत बताएका छन् । उनीहरुले सिंगापुर जानका लागि सिल्क एयरको जहाजमा बसेका थिए ।

सनत न्यौपानेले बताए अनुसार प्रधानमन्त्रीलाई भेटेर उनको स्वास्थ्यलाभको कामना गर्ने साथै सिंगापुरमा बिजनेसका लागि छलफल गर्ने मनशाय थियो । त्यसदिन उनीहरु बिजनेस मिटिङमा सहभागी भएको र हल्का मदिरा सेवन गरेरै विमानस्थल पुगेको बताइएको छ । इमिग्रेसन पास भइसकेपछि प्रि बोर्डिङबाट अगाडि बढ्ने क्रममा सेक्युरिटीले पनि उनीहरुलाई रोकेको थियो । तर त्यहाँबाट उनीहरुले पास पाएर जहाजमै बसिसकेका वेला क्रु मेम्बरले सिटबाटै ओराले । यस घटनाले आफूहरुको बेइज्जति र अपमान गरेको भट्ट र न्यौपानेले बताएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?