बेरोजगार युवालाई आजदेखि १०० दिनको जागिर

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, चैत्र १, २०७५
|
|
६३ पटक हेरिएको
Shares
बेरोजगार युवालाई आजदेखि १०० दिनको जागिर

सारांश

  • प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत बेरोजगार युवालाई न्यूनतम् रोजगारीको अवसर प्रदान गर्नका लागि शुक्रबारदेखि बेरोजगार सूचीकरण गरिने भएको छ ।
  • सात सय ५३ स्थानीय तहमा स्थापना भएको रोजगार सेवा केन्द्रमा खटिइएका रोजगार संयोजकले बेरोजगार युवाको लगत सङ्कलन गरी बेरोजगारलाई रोजगारीको अवसरसँग जोड्ने छन् ।
  • श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रलायले न्यूनतम रोजगारीमा संलग्न भई सार्वजनिक विकास निर्माणका काममा योगदान गर्न इच्छुक बेरोजगार व्यक्तिलाई चैत महिनाभित्र आफूले स्थायी बसोबास गर्दै आएको स्थानीय तहको सम्बन्धित वडा कार्यालयमा सूचीकृत हुन आग्रह गरेको छ ।

प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत बेरोजगार युवालाई न्यूनतम् रोजगारीको अवसर प्रदान गर्नका लागि शुक्रबारदेखि बेरोजगार सूचीकरण गरिने भएको छ । सात सय ५३ स्थानीय तहमा स्थापना भएको रोजगार सेवा केन्द्रमा खटिइएका रोजगार संयोजकले बेरोजगार युवाको लगत सङ्कलन गरी बेरोजगारलाई रोजगारीको अवसरसँग जोड्ने छन् ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रलायले न्यूनतम रोजगारीमा संलग्न भई सार्वजनिक विकास निर्माणका काममा योगदान गर्न इच्छुक बेरोजगार व्यक्तिलाई चैत महिनाभित्र आफूले स्थायी बसोबास गर्दै आएको स्थानीय तहको सम्बन्धित वडा कार्यालयमा सूचीकृत हुन आग्रह गरेको छ ।

बेरोजगार युवाले सरकारले तोकेको ढाँचामा आफ्नो वैयक्तिक विवरणसहित सम्बन्धित वडा कार्यालयमा निवेदन दिनुपर्नेछ । रोजगारीको खोजीमा रहेका युवाले आफूले हासिल गरेको शैक्षिक योग्यता, सीप तथा तालीमको विवरण, कामको अनुभव, आफूले काम गर्न चाहेको क्षेत्र, काममा खटिन चाहेको सम्भावित समय र काम गर्न चाहेको स्थान खुलाएर निवेदन दिनुपर्ने श्रम मन् त्रालयले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सरकार ‘फेसलेस गभर्नेन्स’ तर्फ उन्मुख छ : मन्त्री शर्मा
सरकार ‘फेसलेस गभर्नेन्स’ तर्फ उन्मुख छ : मन्त्री शर्मा
प्रधानमन्त्रीले जथाभावी बोल्दा देशको कुटनीतिक क्षमतामा प्रश्न उठेको छः पूर्व राजदूत उपाध्याय
प्रधानमन्त्रीले जथाभावी बोल्दा देशको कुटनीतिक क्षमतामा प्रश्न उठेको छः पूर्व राजदूत उपाध्याय
उम्मेदवार बनेकाहरुमाथि परेको उजुरीमाथि छानबिन
उम्मेदवार बनेकाहरुमाथि परेको उजुरीमाथि छानबिन
बर्डफ्लूको सङ्कट टरेपछि तङ्ग्रियो पोल्ट्री व्यवसाय: अण्डाको मागसँगै मूल्य बढेपछि निराश किसानलाई ठूलो राहत
बर्डफ्लूको सङ्कट टरेपछि तङ्ग्रियो पोल्ट्री व्यवसाय: अण्डाको मागसँगै मूल्य बढेपछि निराश किसानलाई ठूलो राहत
बाहुबलीले गर्दा दबाब बढ्यो, कयौ रात सुत्न सकिन – प्रभास
बाहुबलीले गर्दा दबाब बढ्यो, कयौ रात सुत्न सकिन – प्रभास
‘भ्यालेन्टाइन्स’ डे मनाउन यसरी शुरु भएको थियो
‘भ्यालेन्टाइन्स’ डे मनाउन यसरी शुरु भएको थियो
पशुपतिनाथ मन्दिर खुल्ला गर्ने तयारी
पशुपतिनाथ मन्दिर खुल्ला गर्ने तयारी
चीनतर्फ पनि बिजुली व्यापारको ढोका खुल्दै, उच्च क्षमताको प्रसारण लाइन निर्माणमा समझदारी
चीनतर्फ पनि बिजुली व्यापारको ढोका खुल्दै, उच्च क्षमताको प्रसारण लाइन निर्माणमा समझदारी
डडेल्धुराको विकास देखेर चिन्ता लाग्छ- ओली
डडेल्धुराको विकास देखेर चिन्ता लाग्छ- ओली
युएस ओपनः जापानी खेलाडी नाओमी ओसाकालाई उपाधि
युएस ओपनः जापानी खेलाडी नाओमी ओसाकालाई उपाधि