अब डिसहाेम सित्तैमा जडान गर्न सकिने
सारांश
- काठमाडाै, ३ भदाै।
- डिसहाेम अब सित्तैमा जडान गर्न सकिने भएकाे छ ।
- एक मात्र स्याटालार्इट प्रविधिमा अाधारित DTH सेवा प्रदायक डिसहाेमले अाफ्ना ग्राहकहरूलार्इ सित्तैमा जडान गर्न सकिने अफर याेजना ल्याएकाे हाे ।
काठमाडाै, ३ भदाै। डिसहाेम अब सित्तैमा जडान गर्न सकिने भएकाे छ । एक मात्र स्याटालार्इट प्रविधिमा अाधारित DTH सेवा प्रदायक डिसहाेमले अाफ्ना ग्राहकहरूलार्इ सित्तैमा जडान गर्न सकिने अफर याेजना ल्याएकाे हाे ।
“Dish Home Free Offer” नामक याेजना अन्तर्गत ग्राहकहरूले डिसहाेम रिचार्ज गर्दा जडान उपकरणहरू सित्तैमा प्राप्त गर्ने डिसहाेमले जनाएकाे छ । अार्इतबार एक विज्ञप्ति जारीगर्दै याे याेजना २०७५ भदाै १ गते देखि सुरू भर्इ सिमित अवधिका लागि लागु हुने बतार्इएकाे छ । नेपाल सरकारले लागु गरेको अनिवार्य Digitalization को निति नेपालभर लागु भइसकेको अवस्थामा ग्राहकहरुलाई सजिलै गुणस्तरिय डिसहोमको सेवा प्रदान गर्नका लागी र आम सर्वसाधारणलाई समेत यो सेवामा आकर्षित गर्न यो योजना लागु गरिएको विज्ञप्तिमा उल्लेख गरिएकाे छ ।
२००९ मा स्थापित एक मात्र स्याटालार्इट प्रविधिमा अाधारित DTH सेवा प्रदायक डिसहोमको जडान उपकरणहरु फ्रि मा पाउने भएपछि याे सेवा लिने ग्राहकहरु गुणात्मक रुपमा वृद्धि हुने देखिएको छ । सेट अप बक्स बिनाको एनालग सेवा हेरिरहेका ग्राहकहरुलाई यो योजना निकै आकर्षक हुने भएकाे छ ।
केहि समय अगाडि पब्लिक कम्पनिमा रुपान्तरण भएकाे डिसहोम नेपालको सबैभन्दा अग्रणी र गुणस्तरीय Pay TV सर्भिस हो । २४ घण्टा ग्राहक सेवा, हरेक वडाहरुमा दक्ष प्राविधिक, आफ्नै लोकप्रिय च्यानलहरुका कारण डिसहोमको सेवा लाखौँ घरहरुमा जडान भइसकेको छ । डिसहोमले छिट्टै सर्वसाधारणहरुका लागी सेयर जारी गर्ने तयारीमा रहेकाे पनि बताएकाे छ ।
प्रतिक्रिया