देवराज घिमिरेलाई सभामुखको उम्मेदवार बनाउने एमालेको निर्णय
सारांश
- काठमाडौँ ।
- नेकपा एमालेले प्रतिनिधिसभाको सभामुखका लागि देवराज घिमिरेलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।
- सत्ता गठबन्धनको तर्फबाट घिमिरेलाई सभामुखको उम्मेदवार बनाउन लागिएको एमालेले जनाएको छ।
काठमाडौँ । नेकपा एमालेले प्रतिनिधिसभाको सभामुखका लागि देवराज घिमिरेलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।
सत्ता गठबन्धनको तर्फबाट घिमिरेलाई सभामुखको उम्मेदवार बनाउन लागिएको एमालेले जनाएको छ। एमाले उपाध्यक्ष सुवास नेम्वाङले आज घिमिरेले सभामुख पदका लागि उम्मेदवारी मनोनयन दर्ता गर्नुहुने जानकारी दिनुभयो ।
सभामुखमा घिमिरेसँगै उपमहासचिव पृथ्वी सुब्बा गुरुङ र सचिव छविलाल विश्वकर्मा पनि आकाङ्क्षी हुनहुन्थ्यो । तर एमालेले घिमिरेलाई नै सभामुख बनाउने भएको हो ।
झापा २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित घिमिरेलाई एमालेसहित माओवादी केन्द्र, रास्वपा र राप्रपाको समर्थन रहेको छ ।
सङ्घीय संसद् सचिवालयले प्रतिनिधिसभाका सभामुख चयनको लागि प्रकाशित गरेको कार्य तालिकाअनुसार आज दिउँसो १ः०० देखि ४ः०० बजेसम्म मनोनयन दर्ता हुँदै छ ।
प्रतिक्रिया