बढ्यो सुनको भाउ, चाँदीको मुल्यमा पनि उच्च रेकर्ड

Shikharkhabar Shikharkhabar
|
आइतबार, भाद्र ८, २०७६
|
|
३० पटक हेरिएको
Shares
बढ्यो सुनको भाउ, चाँदीको मुल्यमा पनि उच्च रेकर्ड

सारांश

  • काठमाडौं ।
  • आज(आइतबार) नेपाली बजारमा सुनको भाउ पुनः आकासिएको छ ।
  • अघिल्लो साता केही सुस्ताएको सुनको भाउ आज साताको पहिलो दिन आइतबार एकैदिन १२ सय रुपैयाँले बढेर प्रतितोला ७२ हजार ५ सय रुपैयाँ पुगेको छ ।

काठमाडौं । आज(आइतबार) नेपाली बजारमा सुनको भाउ पुनः आकासिएको छ । अघिल्लो साता केही सुस्ताएको सुनको भाउ आज साताको पहिलो दिन आइतबार एकैदिन १२ सय रुपैयाँले बढेर प्रतितोला ७२ हजार ५ सय रुपैयाँ पुगेको छ ।त्यस्तैगरी आज छापावाल सुन प्रतितोला ७२ हजार २ सय तथा चाँदी ८५० रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।चाँदीको भाउ हालसम्मकै उच्च हो।

शुक्रबार प्रतितोला तेजावी सुन ७१ हजार तथा चाँदी ८३० रुपैयाँमा कारोबार भएको थियो ।विश्व बजारमा सुनको भाउ बढेको र डलरको भाउ पनि उच्च रहकाले नेपालमा पनि सुनको भाउ बढेको हो । आज अमेरिकी डलरको भाउ १ सय १४ रुपैयाँ ९६ पैसा रहेको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?