सुन तस्करी प्रकरणमा एमालेले सरकारसँग जवाफ माग्ने

Shikharkhabar Shikharkhabar
|
बुधबार, श्रावण १०, २०८०
|
|
३६ पटक हेरिएको
Shares
सुन तस्करी प्रकरणमा एमालेले सरकारसँग जवाफ माग्ने

सारांश

  • काठमाडौँ ।
  • प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले सुन तस्करी प्रकरणका विषयमा सरकारसँग जवाफ माग गर्ने भएको छ ।
  • बानेश्वरस्थित संसद्भवनको ल्होत्से हलमा आज बसेको एमाले संसदीय दलको बैठकले सो प्रकरणका सम्बन्धमा गम्भीरतापूर्वक छानबिन गर्नुपर्ने माग समेत गरेको छ ।

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले सुन तस्करी प्रकरणका विषयमा सरकारसँग जवाफ माग गर्ने भएको छ ।

बानेश्वरस्थित संसद्भवनको ल्होत्से हलमा आज बसेको एमाले संसदीय दलको बैठकले सो प्रकरणका सम्बन्धमा गम्भीरतापूर्वक छानबिन गर्नुपर्ने माग समेत गरेको छ ।

बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै एमालेका नेता रघुजी पन्तले भने, “भरियाहरुलाई मात्र होइन, त्यो कम्पनीसम्म पुग्नुपर्छ, सुन तस्करीका प्रक्रियामा संलग्नलाई कारबाही गर्नुपर्छ ।” प्रतिनिधिसभाको बैठक आज बस्दैछ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?