सगरमाथा आरोही श्रेष्ठ र महर्जनलाई सम्मान

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, आषाढ ८, २०७५
|
|
३२ पटक हेरिएको
Shares
सगरमाथा आरोही श्रेष्ठ र महर्जनलाई सम्मान

सारांश

  • काठमाडौँ, ८ असार।
  • सगरमाथा आरोही पूर्णिमा श्रेष्ठ र कल्पना महर्जनलाई आज सम्मान गरिएको छ ।
  • कीर्तिपुर नगरपालिका र नेवाः पत्रकार राष्ट्रिय दवुले संयुक्त रुपमा आज यहाँ आयोजना गरेको कार्यक्रममा आरोही श्रेष्ठ र महर्जनलाई दोसल्ला ओढाएर सम्मानपत्र दिइएको छ ।

काठमाडौँ, ८ असार। सगरमाथा आरोही पूर्णिमा श्रेष्ठ र कल्पना महर्जनलाई आज सम्मान गरिएको छ ।

कीर्तिपुर नगरपालिका र नेवाः पत्रकार राष्ट्रिय दवुले संयुक्त रुपमा आज यहाँ आयोजना गरेको कार्यक्रममा आरोही श्रेष्ठ र महर्जनलाई दोसल्ला ओढाएर सम्मानपत्र दिइएको छ ।

आरोही श्रेष्ठले करीब तीन महिना र महर्जनले करिब दुई महिना अगाडि सगरमाथा आरोहण गर्नुभएको थियो ।

कीर्तिपुर नगरपालिका प्रमुख रमेशकुमार महर्जनले नेवार समुदायभित्रका सामान्य महिलाले जीवनलाई जोखिममा राखेर सर्वोच्च शिखरको सफलतापूर्वक आरोहण गरेको बताउँदै उनीहरुले प्राप्त गरेको सफलता सबैका लागि प्रेरणा बन्ने बताउनुभयो ।

सोही नगरपालिका–२ का वडा अध्यक्ष रमेशमान डङ्गोलले स्थानीय विकास तथा पूर्वाधार निर्माणका क्रममा ऐतिहासिक महत्वका सम्पदा संरक्षण गरिएको जानकारी दिँदै स्थानीय संस्कृतिको जगेर्ना गरी त्यहाँको पर्यटन क्षेत्रको विकास गर्न सकिने विचार व्यक्त गर्नुभयो ।

पत्रकार पुस्कर माथेमाले समाजमा महिला सशक्तीकरण र उनीहरुको आर्थिक रुपान्तरणका लागि भूमिका निर्वाह गर्न आरोहीलाई आग्रह गर्नुभयो ।
पर्यटन व्यवसायी डोलेन्द्र श्रेष्ठले ऐतिहासिक महत्व बोकेको कीर्तिपुर नगरमा भएका प्राचीन मठ मन्दिर, स्मारक, सम्पदा तथा विभिन्न जात्रा पर्व, संस्कृतिलाई व्यवस्थित गरी पर्यटनसँग जोड्न सकेमा स्थानीयवासीको आय वृद्धि हुने बताउनुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तपाईंले छुटाउनुभयो कि?